चिडियाखानाका जनावरप्रति नागरिकको रुचि

१३ असोज ७८, बिहीबार

काठमाडौं: सदर चिडियाखाना जावलाखेलमा रहेका जनावरको अभिभावकत्व ग्रहण गर्न सर्वसाधारणमा रुचि देखिएको छ । तत्कालीन वन तथा वातावरणमन्त्री प्रेम आलेले एउटा हात्तीको आहारका लागि एक लाख रुपियाँ उपलब्ध गराएर यस कार्यको सुरुवात गरेका थिए ।

त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा गैँडाको अभिभावकत्व ग्रहण गरेका थिए। त्यसयता देश–विदेश गरी ६० जनाभन्दा व्यक्तिले चिडियाखानामा पालिएका जनावरको आहार तथा पालनपोषणका लागि सहयोग उपलब्ध गराइसकेका छन् ।

सदर चिडियाखानाका प्रमुख डा चिरञ्जीवी पोखरेलका अनुसार कोरोनाका कारणले चिडियाखाना हेर्न आउनेको सङ्ख्या घटेसँगै आम्दानी घटेकाले जनावरको पालनपोषणमा समस्या सिर्जना भएको छ । डा पोखरेलका अनुसार केही समयअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले पनि चिडियाखानामा रहेका दुई बाघको अभिभावकत्व ग्रहण गरेका छन् ।

राणाले बाघ प्रताप र बघिनी जगतीलाई आधा आधा रकम गरी कुल एक लाख रुपियाँ प्रदान गरेका छन् । त्यसैगरी, जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले एक हात्तीको आहारका लागि वर्षभरिको खर्च १५ लाख रुपियाँ उपलब्ध गराएको छ । समाजसेवी समीरमणि दीक्षितले १९ जनावरको अभिभावकत्व ग्रहण गरेका छन् ।

अभिभावकत्व ग्रहण गर्नेले एक वर्षका लागि उक्त जनावरलाई खानपान र स्वास्थ्य संरक्षण दिनुपर्ने व्यवस्था चिडियाखानाले गरेको छ ।चिडियाघरमा जलचर, उभयचर, सरिसृपसहितका हिंस्रक जनावर संरक्षणमा रहेका छन् ।

हाल संस्थागत वार्षिक १५ लाख रुपियाँ, साधारण साढे दुई लाख र सर्वसाधारणका लागि न्यूनतम वार्षिक ७५ हजार रुपियाँसम्मको खर्च गर्न सकिने गरी जनावरको अभिभावकत्व ग्रहण लिन÷दिन सकिने व्यवस्था गरिएको छ ।, याे समाचार आजको गोरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top