×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026

चितवनका ६ पालिकाले फिर्ता गरे ३५ करोड बढी अनुदान

१४ आश्विन २०७८

१४ असोज, चितवन ।

चितवनका ६ पालिकाले गत आर्थिक वर्ष २०७७÷७८ मा खर्च गर्न नसकेर ३५ करोड बढी अनुदान फिर्ता गरेका छन् ।

Advertisement

सरकारले अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत तीन शिर्षकमा दिएको अनुदान जिल्लाका ६ स्थानीय तहले खर्च गर्न नसकेर फिर्ता गरेका हुन् । खैरहनी नगरपालिकाले भने अझै पनि फिर्ता गरेको छैन ।

सरकारले तोकेको शिर्षकभन्दा बाहिर गएर खर्च गर्न नपाउने भएपछि करोडौँ रुपैयाँ अनुदान फिर्ता हुने गरेको छ । सरकारले हरेक आर्थिक वर्षमा अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत प्रदेश र स्थानीय तहलाई समानीकरण, सशर्त, विशेष र समपुरक गरी चार शिर्षकमा एकमुष्ट अनुदान दिने गर्छ ।

आर्थिक वर्षभित्र खर्च हुन नसकेको समानीकरण बाहेकका सबै अनुदान रकम साउन मसान्तभित्र संघीय सरकारलाई फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ ।

भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकाले खर्च गर्न नसकेको त्यस्तो अनुदान फिर्ता गरेका छन् ।

६ पालिकाले ३५ करोड सात लाख ६९ हजार ७९२ रुपैयाँ अनुदान फिर्ता गरेको कोष तथा लेखा नियन्त्रकको कार्यालय भरतपुरले जानकारी दिएको छ ।

खर्च हुन नसकेको त्यस्तो अनुदान स्थानीय तहले अर्काे आर्थिक वर्षको साउनभित्र फिर्ता गर्नुपर्ने व्यवस्था रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय भरतपुरका सूचना अधिकारी शरदचन्द्र शर्माले बताए । ६ पालिकाले निर्धारित समय भन्दापछि गएर मात्रै अनुदान फिर्ता गरेका हुन् ।

‘निश्चित कामका लागि भनेर दिएको अनुदान खर्च नभएपछि फिर्ता गर्नुपर्छ । फिर्ता गर्नुपर्ने अनुदान फिर्ता नहुँदासम्म उनीहरुको बजेट निकासा दिन्नौँ’, उनले भने, ‘महालेखाले नै निकासा नदिनु भन्ने आदेश दिन्छ । फिर्ता भएपछि मात्रै महालेखाले चौमासिकका हिसाबले निश्चित रकम निकासा दिनु भनि पत्र पठाउँछ ।’

शर्माका अनुसार भरतपुर महानगरले १३ करोड तीन लाख ८१ हजार, रत्ननगरले चार करोड ६१ लाख ९३ हजार, कालिकाले छ करोड ८२ लाख ६० हजार र माडीले चार करोड २० लाख ९१ हजार रुपैयाँ अनुदान फिर्ता गरे ।

त्यसैगरी, राप्तीले तीन करोड ७० लाख ८७ हजार र इच्छाकामनाले दुई करोड ६७ लाख ५५ हजार रुपैयाँ फिर्ता गरे । खैरहनीले कति खर्च हुन सकेन भन्ने विवरण नै नदिएको उनले बताए ।

सरकारले समानीकरण बाहेक गत आवमा भरतपुर महानगरलाई एक अर्ब नौ करोड ९५ लाख, रत्ननगरलाई ३२ करोड ९३ लाख, कालिकालाई २२ करोड ९९ लाख र माडीलाई ३० करोड ५९ लाख अनुदान दिएको थियो ।

त्यसैगरी, राप्तीलाई २९ करोड ३७ लाख, खैरहनीलाई २० करोड ५१ लाख र इच्छाकामनालाई २० करोड ९८ लाख रुपैयाँ अनुदान दिएको थियो ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top