राजकुमार लेखीले छोडे लोकतान्त्रिक समाजवादी पार्टी

१३ असोज ७८, बिहीबार

१४ असोज, काठमाडौं ।

Advertisement

नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजकुमार लेखीले पार्टी छोडेका छन्।

आदिवासी जनजातिका नेतासमेत रहेका लोसपाका कार्यकारिणी समिति सदस्य लेखीले बिहीबार नै पार्टीका सबै पदबाट राजीनामा दिएका हुन्। लोसपाका नेता केशव झाले लेखीले पार्टीबाट राजीनामा दिएको पुष्टि गरे।

Advertisement

लोसपा अध्यक्ष महन्थ ठाकुरलाई बुझाएको राजीनामा पत्रमा लेखीले आफूले नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेको हुँदा पार्टीका सम्पूर्ण पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्।

लेखी केही दिन भित्रै नेकपा एमालेमा प्रवेश गर्न लागेको उनी निकट एक नेताले जानकारी दिए।

Advertisement

सप्तरीको फत्तेपुर लगायतका क्षेत्रमा वामपन्थी पार्टीको प्रभाव रहेकाले उनी लोसपा छाडेर एमाले प्रवेश गर्न लागेको एक नेताले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top