प्रचण्डले भने– संसद् विघटनविरुद्ध संघर्ष वा आत्महत्या गर्ने भन्ने विकल्प थियो

१४ असोज ७८, शुक्रबार

काठमाडौं: केही समययता भावनात्मक अभिव्यक्ति दिँदै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी ओलीले पहिलोपटक संसद् विघटन गरेपछि आफ्नोसामु संघर्ष वा आत्महत्या गर्ने भन्ने विकल्प देखिएको स्मरण गरेका छन् ।

पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले त्यसवेला आफूले पार्टीका नेताहरूको साथ लिएर क्रान्तिकारी ढंगले लड्ने निर्णय लिएको र त्यसमा विजयी भएको बताए ।

प्रचण्डले त्यसवेला साबिकको नेकपामा निरंकुश र प्रतिगामी प्रवृत्तिसँग संघर्ष गर्दा फेरि लड्ने कि सकिएन यत्ति रहेछ भनेर छोड्ने भन्ने प्रश्न आफ्नोसामु आएको सुनाएका थिए । प्रचण्डले भारतीय फिल्म भगत सिंहमा चन्द्रशेखर आजादले एक मुठी माटो लिएर यति नै रहेछ गर्न भनेर आत्महत्या गरेको प्रसंग सुनाए । आफू पनि झन्डै झन्डै यस्तो अवस्थामा पुगेको प्रचण्डको भनाइ थियो ।

‘आत्मसमर्पण त गर्न सक्दिनँ, हजारौं सहिद, घाइते अपांगको ऋण मेरो टाउकोमा छ । मैले या त सकिनँ, यत्ति नै रहेछ भने सुसाइड गर्नुपर्ने या त लड्नुपर्ने ठाउँमा पुगेको देखें’, गला अवरुद्ध पार्दै प्रचण्डले भने, ‘जेल जानुपर्छ भने जाने, मारिनु पर्छ भने पनि तयार हुने संकल्प गरियो । त्यही संकल्पबाट त्यसवेला सुरु भएको थियो सडक आन्दोलन ।’ सडकमा आउँदा मुक्ति पाएको अनुभूति भएको भन्दै र सबै कार्यकर्ताले साथ दिएको प्रचण्डले बताए । फागुन ०५२ मा जनयुद्धको अन्तिम तयारी गर्दा पनि यस्तै भएको प्रचण्डले स्मरण गरे ।

प्रचण्डले पहिले गलत गर्नेहरूका लागि वाइसिएल आतंक भएको र अहिले प्रतिगमनका पक्षपाती केपी ओली आतंक रहेको बताए । ‘अहिले त केपी ओली आतंक छ । जसले गणतन्त्र रोक्न पहल गर्‍यो त्यसको पो आतंक छ, के यो अचम्म भयो ?’ प्रचण्डको प्रश्न थियो । उनले कमल थापा आतंक रहेको पनि सुनाए । ‘कमल थापा आतंक ! कहाँबाट कहाँ पुगेकाहरूको आतंक छ’, उनले भने ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top