‘पोलिटिकल डेडलक’ तोड्न देउवा तयार

१४ असोज ७८, शुक्रबार

काठमाडौं : सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी कम गर्दै दुई पक्षबीच अल्झिएको राजनीतिक गाँठो फुकाउन प्रधानमन्त्री शेरबहादुर देउवा तयार देखिएका छन् ।

बिहीबार सर्वदलीय बैठक डाकेर सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी घटाउने र संसद्देखि अन्य राष्ट्रिय राजनीतिक मुद्दामा अल्झिएको गाँठो फुकाउने प्रयास गरेका देउवाले त्यो प्रयासलाई अझै जारी राख्ने निष्कर्षमा पुगेका हुन् ।

सत्ता गठबन्धन आबद्ध राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षसँग संवाद गर्न तयार रहेको र आवश्यक परे एमाले अध्यक्ष केपी ओलीसँग एक्लै संवाद गरेर संसद्को अवरोध अन्त्य गर्न चाहेको बताइन् ।

‘प्रधानमन्त्रीज्यू एमाले अध्यक्षसँग आवश्यक परे एक्लै संवाद गर्न पनि तयार हुनुभएको छ, उहाँ संसद्को गतिरोध अन्त्य गर्न चाहनुहुन्छ,’ राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष पौडेलले राजधानीसँग भनिन् ।

कांग्रेस नेता मीन विश्वकर्माले प्रधानमन्त्रीले मुलुकमा देखिएको राजनीतिक ‘डेडलक’ अन्त्य गर्न प्रमुख प्रतिपक्षसँग निरन्तर संवाद चाहेको बताए ।

‘प्रधानमन्त्रीले मुलुकमा देखिएको राजनीतिक डेडलक अन्त्य गर्न प्रमुख प्रतिपक्षसँग निरन्तर संवादको प्रक्रिया अघि बढाइरहनुभएको छ, एमालेका दोस्रो तहका नेताहरूसँग अझै पनि सत्ता पक्षले त्यो प्रयासलाई जारी राखेको छ,’ नेता विश्वकर्माले भने ।

उनले सर्वदलीय बैठकसमेत एमालेसँगको संवादकै आधारमा तय भएको र अन्त्यमा सो दलबाट बैठकमा सहभागिता भने नभएको बताए ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top