रसुवागढी नाकामा हुक एन्ड ड्रप प्रणाली लागू गर्ने तयारी

१४ असोज ७८, शुक्रबार

१५ असोज, रसुवा ।

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा हुक एन्ड ड्रप प्रणाली लागू गर्ने तयारी गरिएको छ । चीनबाट रसुवागढी नाका हुँदै नेपाल आयात हुने सामग्रीको आयात बढाउन नाकामा हुक एन्ड ड्रप प्रणाली लागू गर्ने तयारी गरिएको हो ।

यस्तो मोडल अहिले तातोपानी नाकामा कार्यान्वयनमा रहेको छ । रसुवागढी नाकामा हुक एन्ड ड्रप प्रणाली लागू गर्न चिनिया पक्षले अध्ययन गर्ने जानकारी गराएको छ ।

रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख रामप्रसाद रेग्मीका अनुसार गएको बिहीबार वाणिज्य दूत नवराज ढकालले तिब्बत वाणिज्य विभागका उपमहानिर्देशक वाङ पिङ, तिब्बत परराष्ट्र कार्यलय, ल्हासा भन्सार कार्यालय, पोर्ट एड्मिनिस्ट्रेसन विभागका निर्देशक लगायतसँग तिब्बत वाणिज्य विभागमा नेपाल चीनबीचको नेपाल सामान आयातलाई बढाउन छलफल गरेका थिए । सोही क्रममा चिनियाँ पक्षले यस्तो जानकारी गराएको हो ।

छलफलमा तातोपानी मोडलमा रसुवागढी नाकाबाट पनि हुक एण्ड ड्रप मोडल सञ्चालन गर्न प्रस्ताव राखेका थिए । प्रस्तावमा यो प्रणाली सञ्चालनका लागि चिनियाँ पक्षले स्थलगत रुपमा अध्ययन गर्ने बताएको छ ।

नेपाली पक्षले रसुवागढी नाकाबाट हुक एण्ड ड्रपमार्फत सामग्रीको आयात बढाउन चिनियाँ पक्षलाई लामो समयदेखि प्रस्ताव गर्दै आएको छ । नेपाली पक्षको पटक–पटकको प्रस्तावसहितको अनुरोधमा चिनियाँ पक्ष हुक एण्ड ड्रप प्रणाली लागू गर्न तयार देखिएको हो ।

रेग्मीका अनुसार मितेरी पुलसम्म हुक एण्ड ड्रप प्रणाली सञ्चालन गर्न नेपालतर्फको अवस्था के छ भनेर स्थलगत अध्ययन गर्न चिनियाँ पक्षले चासो देखाएको छ । यस्तो अध्ययन छिट्टै हुनेसमेत भन्सार प्रमुख रेग्मीले जानकारी गराए ।

यो मोडल लागू भए नजिकिएको चाडपर्वमा वस्तु आयात सहज हुने अपेक्षा नेपालको छ । चीनबाट सामान बोकेर आएका चिनियाँ गाडीले सिमानासम्म आएर सामान छोडिदिन्छ ।

नेपालबाट इन्जिन मात्र लगेर कन्टेनरलाई तानेर नेपालतर्फको यार्डमा ल्याउँछन् । त्यसपछि सो कन्टेनरलाई अनलोड गरी सीमापार लगेर छाडिदिन्छन् । यस प्रणालीअनुसार जति धेरै सामान नेपालतर्फ तान्न सक्यो त्यति नै बढी सामान भित्रिन्छ ।

तातोपानी नाकामा यो मोडल सुरु भएसँगै रसुवागढी नाकाबाट पनि यही मोडलमा सञ्चालन गर्ने नेपाली पक्षले पटक पटक चिनियाँ पक्षसँग प्रस्ताव गरेको थियो । त्यसका लागि सुरुवातमै सिल्क ट्रान्सपोट अघि सारेको छ ।

नाकाबाट सहज रुपमा आयात बढाउन तातोपानी मोडलको हुक एण्ड ड्रप प्रणाली अनुसार आयात बढाउनुपर्ने माग व्यवसायीको छ । हुक एण्ड ड्रप मार्फत सामाग्री भन्सार याडसम्म सहजै पुर्याउन सिल्क ट्रान्सपोर्ट कम्पनीले टेलर समेत ल्याइसकेको छ ।

१३ वटा टेलर हेड तयारी अवस्थामा रहेको सिल्क ट्रान्सपोर्ट कम्पनीका संचालक सोनाम वाङ्दी तामाङले बताए । उनका अनुसार कम्पनीसँग ४० वटा यस्ता टेलर छन् । तत्कालका लागि नाकामा १३ वटा तयारी अवस्थामा राखेको उनले जानकारी दिए ।

चिनिया गाडिमा आएको सामाग्री हुक एण्ड ड्रप मार्फत स्वास्थ मापदण्ड अपनाई सामग्री सुरक्षित रुपमा भन्सार याडसम्म पुर्याउने जिम्मा दिएमा आफुहरु तयारी अवस्थामा रअ‍ेको समेत उनले जानकारी दिए । सोही कम्पनीले तातोपानी नाकाबाट पनि काम गरिरहेको छ ।

कोरोना सङ्क्रमण सुरु भए यता चीनले कोटा प्रणालीमा सामान ल्याइरहेको छ । चीनले आफनै गाडिमा नेपाल तर्फको भुभागमा सामान ल्याइदिने गरेको छ ।

अहिले रसुवागढी नाकाबाट चिनिया ९ वटा कन्टेनरमा सामान आयात भइरहेको छ । चिनियाँ एउटा गाडिमा आएको सामग्री नेपाली दुई वटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । चिनियाँ गाडिमा आएको सामाग्री नेपाली गाडिमा लोड अनलोड गर्न स्वास्थ्यका मापदण्ड अपनाउदै नेपाली कामदार नाकामा खटिएका छन् ।

दसैँ र तिहार पर्वलक्षित भई आएका मालवस्तुहरूलाई समयमै नेपाल निकासी गर्न तातोपानी–झाङ्मु नाकाबाट हालको संख्यलाई दोब्बर गरी दैनिक २० ट्रक मालसामान नेपाल पठाउन चिनियाँ पक्ष तयार रहेको बताइएको छ । रसुवागढी–केरुङ नाकाबाट दैनिक नौ ट्रक चिनियाँ गाडीमा नेपाल सामान निर्यात गरिरहेकोमा यो संख्यालाइ २० पु¥याउने जनाएको छ ।

यसका लागि चिनियाँ पक्षले रसुवागढीमा लिड अनलोड गर्न पर्याप्त स्थान र जनशक्ति नभएको बताउँदै यी विषयलाई सम्बोधन गरेको अवस्थामा संख्या बढाउन सक्ने जनाएको छ ।

रसुवागढी नाका हुँदै मालबाहक ट्रकमार्फत सामान न्यून मात्रामा आएको प्रति नेपाली पक्षले दिएको सुझावलाई चिनियाँ पक्षले विचार गर्ने जानकारी गराएको छ । नेपालले खरिद गरेको रासायनिक मल सहज रूपमा नेपाल पठाउन विशेष व्यवस्था गर्ने र नेपाली पक्षले गरेको अनुरोधलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत चीनले गरेको छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top