जिम्बाम्बेमाथि पाकिस्तानको क्लिन स्वीप, फखर जमानको कीर्तिमान

जिम्बावेविरुद्धको पाँच खेलको एकदिवसीय क्रिकेट सिरिजमा पाकिस्तानले क्लिन स्विप गरेको छ।

Advertisement

घरेलु टोलीविरूद्ध आइतबार भएको पाँचौ तथा अन्तिम एकदिवसीयमा १३१ रनको जित निकाल्दै पाकिस्तानले सिरिज ५–० ले आफ्नो बनाएको हो।

बुलावायोमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३६४ रन बनायो।

Advertisement

उसका लागि दुई खेलाडीले शतक बनाएका थिए। पाकिस्तानको उच्च स्कोर बनाउने क्रममा उल हकले १०५ बलमा ८ चौका र १ छक्कासहित ११० तथा अजमले अविजित १०६ रन जोडे। उनले ७६ बलमा ९ चौका र २ छक्का प्रहार गरेका थिए।

यस्तै ले ८३ बलमा ८५ रनको योगदान दिए। जमानले यो सँगै सर्वाधिक कम एकदिवसीय खेलमा १ हजार रन पुरा गर्ने खेलाडीको किर्तिमान बनाएका छन्।

Advertisement

जमानले मात्र १८ खेलमा १ हजार रन पुरा गरेका हुन्। यसअघि चार खेलाडीले २१ खेलमा हजार रन बनाएका थिए। उनले जिम्बाम्बेबिरूद्धको पछिल्लो पाँच खेलबाट ५१५ रन जोडेका थिए।

यस्तै सोहेब मलिक र आसिफ अलिले समान १८-१८ रन बनाए।

पाकिस्तानले दिएको ३६५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको घरेलु टोली जिम्बावेले पुरै ५० ओभर खेले पनि ४ विकेट गुमाएर २३३ रन मात्र बनाउन सक्यो। उसका लागि रायन मुर्रेले ४७ तथा पिटर मुरले अविजित ४४ रन जोडेका थिए।

यस्तै प्रिन्स मासभरुनेले ३९ रन तथा तिनासे स्टेफेन र कप्तान कप्तान ह्यामिल्टन मुसाकाज्दाले समान ३४/३४ रन जोडे पनि टोलीलाई हारबाट बचाउन सकेनन्।

पाकिस्तानका मोहमद नवाज र हसन अलीले समान २-२ विकेट लिए।

योसँगै जिम्बावे भ्रमणमा रहेको पाकिस्तानले दुई सिरिज जितेको छ। पाकिस्तानले यसअघि अष्ट्रेलिया सम्मलित त्रिकोणात्मक टी-ट्वान्टी सिरिज जितेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top