युवाहरुलाई व्यक्तिगत तथा आर्थिक स्वतन्त्रता र उद्यमशीलताका विषयमा सचेत गराउने उद्धेश्यले विराटनगरमा आयोजित दुई दिने लिबर्टी क्याम्प सोमबार सम्पन्न भएको छ ।
विकल्प एन अल्टरनेटिभ र ल्यांग्वेज फर लिबर्टीको संयुक्त आयोजनामा बिराटनगरको होटल नमस्कारमा आयोजित कार्यक्रममा बिराटनगर, इटहरी, दमक, धरान उदयपुर जिल्लाका गरि २३ जना युवाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा भारतबाट आएका सद्दाफ हुसैन, पोल्याण्डका जेसेक स्पेंडल, अमेरिकाका ग्लेन कृप, र अस्ट्रेलियाका एन्डी आइसनले सहजीकरण गरेका थिए । क्याम्पमा गरिबीका कारण ,स्वतन्त्र बजारका सिद्दान्तहरु, उद्यमशीलता र ब्यापार, बैदेशिक सहयोग ,स्वतन्त्रता र यसको प्रार्दुभाब, स्वतन्त्रतामा पश्चिमा विचारधाराको प्रभाव लगायतका विषयमा गहन छलफल भएको आयोजकले जनाएको छ ।
लिबर्टी क्याम्पको अर्काे कार्यक्रम यही साउन ९ देखि १४ गतेसम्म धुलिखेलमा आयोजना हुने छ । धुलिखेलमा नेपालका विभिन्न ठाँउका युवाहरुलाई यीनै बिषयमा अझ बिस्तृत तालिम दिइने बिकल्प एन अल्टरनेटिभका निर्देशक बसन्त अधिकारीले जानकारी दिए ।
बिराटनगर र धुलिखेलमा हुने दुवै कार्यक्रमको संयोजन मदन कृष्ण प्रधानले गर्नेछन ।