अङ्ग्रेजी नयाँ वर्षमा फेवाताल-सराङकोट केबुलकार सञ्चालन गरिने

१५ असोज ७८, शनिबार

१६ असाेज, पोखरा ।

पोखरा फेवाताल देखि सराङकोट केबुलकार आगामी पौष १७ गते बाट सञ्चालनमा आउने भएको छ ।

फेवातालको किनारबाट सराङकोटलाई जोड्ने गरी निर्माण भएको अन्नपूर्ण केबलकार अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

पटक पटक केबुलकार सञ्चालनको मिति तोकिए पनि कोभिड १९ का कारण सञ्चालनमा ल्याउन समस्या सिर्जना भएको थियो ।

केबुलकारले एक पर्यटकीय स्थलदेखि अर्को पर्यटकीय स्थल जोड्ने छ । प्रसिद्ध पर्यटकीय स्थल फेवाताल बाट प्याराग्लाईडिङ गर्ने तथा सूर्योदय, सूर्यास्तसँगै हिमशृङ्खला र पोखराका मनोरम दृश्य नियाल्नका लागि सबैभन्दा प्रख्यात मानिने सराङकोटलाई जोड्ने गरी केबुलकार निर्माण गरिएको हो ।

केबुलकार परियोजनाको करिब सबै जसो काम सम्पन्न भइसकेको र जापनिज प्राविधिक ल्याई परिक्षण पश्चात् केबुलकार सञ्चालन गर्ने तयारी भइरहेको अन्नपूर्ण केबलकार प्रालिका निर्देशक तीर्थराज त्रिपाठीले बताए ।

केबुलकारको स्टेसनसँगै तार टाँग्ने र केबलकारका डिब्बा (गुण्डला) राख्ने लगायतका मुख्य कार्य सबै सकिएको छ । दुई अर्ब रुपैयाँको लगानीमा निर्माण भएको केबलकारमा ८ जनाको सिट क्षमता रहेको १७ वटा डिब्बा र सामान ओसारपसार गर्न एउटा गरी १८ वटा डिब्बा जडान गरिएको छ ।

दुई हजार ४०० मिटर दुरीको उक्त क्षेत्रमा ८ देखि ९ मिनेटमा पुग्न सकिन्छ । केबुलकारमा नेपाली पर्यटकलाई प्रतिव्यक्ति ६ सय रुपैयाँ, अन्य मुलुकका पर्यटकलाई ८ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top