नेपाल जितको हकदार थियो : प्रशिक्षक अलमुताइरी

१६ असोज २०७८, शनिबार
Share this
660shares

१६ असाेज, काठमाडौं।

Advertisement

साफ च्याम्पियनसिप २०२१ को पहिलो खेलमा माल्दिभ्सविरुद्ध जित हात पारेपछि नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल जितको हकदार रहेको बताएका छन् ।

जितपछि भएकाे पत्रकार सम्मेलनमा बाेल्दै उनले नेपालले योजना अनुसार नै माल्दिभ्सलाई खेलमा खुलेर खेल्न नदिएको बताए । उनले भने,  ‘हामीले माल्दिभ्सको बारेमा राम्रो अध्ययन गरेका थियौं । हामीले उनीहरुलाई घरेलु मैदान र अवस्थाको दबाब महसुस गराउने योजना बनाएका थियौं । गोलरहित बराबरीमा रहनुले पनि उनीहरुलाई समस्या भएको थियो ।’

Advertisement

‘हामीले मिनेट पिछे मिहिनेत गरेर जितको हकदार थियौं । हामीले उनीहरुलाई खुलेर खेल्न अवसर दिएनौं । सेट पिसमा केहि अवसर सिर्जना गरेका थिए, तर ओपन प्लेमा हामीले कुनै अवसर दिएनौं । हामीले पनि पाएका केहि अवसर सदुपयोग गर्न सकेनौं । यो नै फुटबल हो । आजको हाम्रो हिरो मनिष डाँगी रहे,’ प्रशिक्षक अलमुताइरीले भने ।

अलमुताइरीले नेपालकाे निकै राम्रो भविष्य देखेकाे भन्दै भने, ‘मनिषले ठूलो रंगशालामा खेलेको यो पहिलो खेल हो । आयुष घलान अर्का युवा खेलाडी हुन् जो धेरै सम्भावना बोकेका छन् । यो टोलीलाई अझै समय चाहिन्छ । निकै राम्रो भविष्य देखेको छु । ’

Advertisement

प्रशिक्षक अलमुताइरीले अन्त्यमा सबैलाई संयमित रहन पनि आग्रह गरे । ‘ हामीले अहिले उपाधि जितिसकेका छैनौं । सबै संयमित हुन जरुरी छ । भोली विहान हामीले सबै कुरा बिर्सनुपर्छ । हाम्रो ध्यान अब अर्को खेलमा हुनेछ । त्यसैले नेपालमा रहेका सबैलाई पनि शान्त रहन आग्रह गर्दछु।’ उनले थपे ।

नेपालले अब सोमबार श्रीलंकाको सामना गर्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top