नेपाल जितको हकदार थियो : प्रशिक्षक अलमुताइरी

१६ असाेज, काठमाडौं।

साफ च्याम्पियनसिप २०२१ को पहिलो खेलमा माल्दिभ्सविरुद्ध जित हात पारेपछि नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल जितको हकदार रहेको बताएका छन् ।

जितपछि भएकाे पत्रकार सम्मेलनमा बाेल्दै उनले नेपालले योजना अनुसार नै माल्दिभ्सलाई खेलमा खुलेर खेल्न नदिएको बताए । उनले भने,  ‘हामीले माल्दिभ्सको बारेमा राम्रो अध्ययन गरेका थियौं । हामीले उनीहरुलाई घरेलु मैदान र अवस्थाको दबाब महसुस गराउने योजना बनाएका थियौं । गोलरहित बराबरीमा रहनुले पनि उनीहरुलाई समस्या भएको थियो ।’

‘हामीले मिनेट पिछे मिहिनेत गरेर जितको हकदार थियौं । हामीले उनीहरुलाई खुलेर खेल्न अवसर दिएनौं । सेट पिसमा केहि अवसर सिर्जना गरेका थिए, तर ओपन प्लेमा हामीले कुनै अवसर दिएनौं । हामीले पनि पाएका केहि अवसर सदुपयोग गर्न सकेनौं । यो नै फुटबल हो । आजको हाम्रो हिरो मनिष डाँगी रहे,’ प्रशिक्षक अलमुताइरीले भने ।

अलमुताइरीले नेपालकाे निकै राम्रो भविष्य देखेकाे भन्दै भने, ‘मनिषले ठूलो रंगशालामा खेलेको यो पहिलो खेल हो । आयुष घलान अर्का युवा खेलाडी हुन् जो धेरै सम्भावना बोकेका छन् । यो टोलीलाई अझै समय चाहिन्छ । निकै राम्रो भविष्य देखेको छु । ’

प्रशिक्षक अलमुताइरीले अन्त्यमा सबैलाई संयमित रहन पनि आग्रह गरे । ‘ हामीले अहिले उपाधि जितिसकेका छैनौं । सबै संयमित हुन जरुरी छ । भोली विहान हामीले सबै कुरा बिर्सनुपर्छ । हाम्रो ध्यान अब अर्को खेलमा हुनेछ । त्यसैले नेपालमा रहेका सबैलाई पनि शान्त रहन आग्रह गर्दछु।’ उनले थपे ।

नेपालले अब सोमबार श्रीलंकाको सामना गर्नेछ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top