जुम्ला घटनाको छानबिनका लागि डीआईजीको टोली खटिएको छ । नेपाल प्रहरीले गत बिहीबार जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको घटना छानबिनका लागि प्रदेश नम्बर ६ का डिआईजी सुुरेशविक्रम शाहको नेतृत्वमा आन्तरिक छानबिन समिति गठन गरेको हो ।
समितिमा डिआईजी शाहसहित एसपी केदार रजौरे र डिएसपी चूडामणि बूढाथोकी सदस्य रहेका छन् । टोलीका संयोजक डिआइजी शाहले घटनाको सत्यतथ्य बुझेर प्रहरी प्रधान कार्यालयलाई प्रतिवेदन बुझाउने बताउँदै टोली अहिले जुम्लामा नै रहेको बताए ।
टोलीले बिहीबार भएको घटनाको वस्तुगत अवस्थाको विश्लेषण, गोली चले–नचलेको लगायतका विषयमा जानकारी लिनेछ । जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई सरकारले उपचारका लागि जवरजस्ती काठमाडौं ल्याउन खोजेपछि अस्पताल परिसरमै केसी समर्थक र प्रहरीबिच झडप भएको थियो ।