धान भित्र्याउन सुरू

१६ असोज ७८, आइतबार

१७ असोज, धनगढी ।

कैलालीका किसानले धान भित्र्याउन थालेका छन् । पाकेका धान धमाधम काटेर उनीहरूले भित्र्याउन थालेका हुन् । कैलाली धान खेतीका लागि उर्वर मानिन्छ । यहाँको मुख्य खेती पनि धान बाली नै हो ।

खेतमा पाकेर धान तयार भइसकेकाले काटेर भित्र्याउन थालेको धनगढी उपमहानगरपािलका–१०, घुइयाघाटका रामप्रसाद रानाले बताए । “पाकेको धान काटेर भित्र्याउन थालेका छौँ, “गाउँघरतिर सबैले धान भित्र्याइरहेका छन् । ”

पानी परेमा खेतमै धान भिज्ने भएकाले हतार–हतारमा भित्र्याउने कार्य भइरहेको अर्का कृषक असारेराम रानाले बताए ।

किसानले घाम लागेको मौका छोपेर धान काट्ने र एक्दुई दिन सुकाएपछि खेतमै ‘थ्रेसिङ’ गरेर भित्र्याउने गरिरहेका छन् । ठूलो पानी परेमा पाकेको धानमा नोक्सान हुने भएकाले किसान धान भित्र्याउन हतारिएका रानाको भनाइ् छ ।

कृषि ज्ञान केन्द्र कैलालीका अनुसार यस वर्ष जिल्लामा ७० हजार हेक्टर जमिनमा बर्खे धान खेती गरिएको छ । खेती भएको कुलमध्ये ५५ प्रतिशत जमिनमा वर्षभरि नै सिँचाइको सुविधा रहेको छ । यसैगरी यो वर्ष आवश्यकतानुसार पानी परेकाले धान खेती राम्रो भएको किसानले बताएका छन् ।

खेती राम्रो भएकाले उत्पादन पनि बढ्ने उनीहरूको अपेक्षा छ तर भदौमा आएको बाढीले केही ठाउँमा भने धान खेतीलाई प्रभावित गरेको छ । धान पसाउने बेला आएको बाढीका कारण फूल झरेर कम दाना लागेको कैलारी गाउँपालिका–७ का कृषक जालुराम चौधरीले बताए ।

“टाढाबाट हेर्दा धान धेरै राम्रो देखिन्छ,” उहाँले भन्नुभयो, “नजिक पुगेपछि दानै लागेको देखिन्न । डाँठ राम्रो तर दाना कम छ । ” बाढीले गर्दा उत्पादन प्रभावित भएको उनको भनाइ छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top