NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै शनिबार कार्तिक २२ , २०८२
गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन शनिबार कार्तिक २२ , २०८२
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ? शुक्रबार कार्तिक २१ , २०८२
रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक शुक्रबार कार्तिक २१ , २०८२
Next
Prev

समाचार

विकास निर्माण कार्यको अनुगमन शुरु : काम राम्रो होस्, समय मै सकियोस् – पूर्वमन्त्री बस्नेत

मङ्लबार साउन ८ , २०७५
Reading Time: 1 min read
A A
शुक्रबार मन्त्रीपरिषद विस्तार हुन्छ : बस्नेत
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

भक्तपुर, साउन ८
प्रतिनिधिसभा सदस्य एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले भक्तपुरको विकासका गतिविधिको अनुगमन शुरु गरेका छन् । भक्तपुरमा आव ०७४/०७५ मा सडक, खानेपानी, ढल, करिडोर, विद्यालयलगायतका भौतिक पूर्वाधारसम्बन्धी विकासमा आएको बजेटको कामको प्रभावकारिता मूल्यांकन गर्दै विकासलाई तीव्रता दिन अनुगमन शुरु गरेका हुन् ।

डिभिजन सडक कार्यालय भक्तपुर, नगर विकास आयोजना भक्तपुर, केन्द्रीय सरकारबाट आएका बजेट, खानेपानी तथा सरसफाइ कार्यालयलगायतका विभिन्न कार्यालयमार्फत विनियोजित बजेटको कामको अवस्था जानकारी लिन अनुगमन शुरु गरेको प्रतिनिधिसभा सदस्य बस्नेतले जानकारी दिए ।

आफ्नै पहलमा भक्तपुरको विकासका लागि ल्याएको बजेटको कामको प्रभावकारितासमेत मूल्यांकन गर्न आफ्नै नेतृत्वमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नगर विकास आयोजनाका प्रमुख, नवराज प्याकुरेल, डिभिजन सडक कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारी, प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठ, नेकपाका जिल्ला अध्यक्ष बचन देउजालगायत सम्बन्धित कार्यालयका प्रमुख समेतको टोली बनाएर अनुगमन थालिएको हो ।

LS Auto

मध्यपुरथिमि नगरपालिकाअन्तर्गत बाहाखा बजार मूलपानी जाने सडक, बोडे सडक, नगदेशलगायतका थिमिमा नगर विकास आयोजना र डिभिजन सडक कार्यालय भक्तपुरमार्फत भएको सडक निर्माण, पर्खाल निर्माण, ड्रेन निर्माणलगायतको विकासका कामको अनुगमन गरेका हुन् ।

बस्नेतले अनुगमनकै क्रममा भने,– “आएको बजेटअनुसार काम भयो, भएन भनेर नहेर्ने, काम सकिएपछि यो भएन, त्यो भएन भनेर विरोध गर्ने हाम्रो प्रवृत्ति छ, त्यसलाई अन्त्य गर्नु जरुरी छ, अब स्थानीय सरकारका प्रतिनिधि, जनता, सम्बन्धित निकाय सबैले विकासको कामको अनुगमन गर्नु जरुरी छ, काम राम्रो होस्, समय मै सकियोस् भनेर विगत एक महिनादेखि अनुगमन शुरु गरेको हो ।”

बस्नेतले संसद् नभएको बेलामा साता दुई दिन आफ्नो क्षेत्रको विकास निर्माणको अनुगमन गर्ने र टोल टोलमा गएर जनतासँग भेटेर विकास निर्माणका कामका बारेमा भइरहेका गतिविधिको बारेमा जानकारी लिने, जनताको समस्या सुन्ने र समाधान गर्ने कार्य शुरु गरेका छन् ।

उनले भने,– “भक्तपुरको विकासलाई अब कसैले रोक्न सक्दैन, यहाँ विकासले तीव्रता पाएको छ, म यसलाई रोक्न दिन्न, स्थानीय बजेटसँगै केन्द्रीय बजेट थप गराएर भए पनि आगामी पाँच वर्षमा यहाँको मुहार फेर्ने मेरो जिम्मेवारी म पूरा गर्छु ।”

उनले बजेट लिएर काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेको बताउँदै जनताको गुनासोलाई तत्कालै सम्बोधन गर्न आफु तल्लिन रहेको बताए ।

बस्नेतले मध्यपुरथिमि नगरपालिकामा ३७ वटा आयोजनाको काम शुरु भइसकेको बताउँदै चालू आवमा यहाँको आवश्यकता र जनताको मागअनुसार स्रोत जुटाएर थप आयोजना सञ्चालन गर्न लागिरहेको बताए ।

जनमुखी विकासका काम गर्न आफू जस्तोसुकै सहयोग गर्न तयार रहेको समेत बताए । भक्तपुर निर्वाचन क्षेत्र नं २ मा मात्रै रु २० करोडको विकास निर्माण कार्य भइरहेको छ ।

निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले निर्माण कार्य जिम्मा लिई काम नगर्ने निमार्ण व्यवसायीलाई तत्काल कानूनको दायरामा ल्याई कारबाहीको प्रक्रिया अगाडि बढाइने बताए ।

डिभिजन सडक कार्यालय भक्तपुरको आयोजनामा निर्माणाधीन भइरहेको भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा निर्माणाधीन रु १२ करोड ३१ लाखको लागतमा निर्माण कार्य शुरु गरिएको बाखाबजार (पुरानो बाटो)–हुलाक रोड–नगरपालिका भवन–मिलरोड–मनोहरा पुलसम्मको २.२ किलोमिटर सडक सन्तोसी÷पिआर जेभीले लिएको जसमा ६५ प्रतिशत काम सम्पन्न भएको छ ।

सडकको २०७३ साल जेठ २८ मा सम्झौता भई २०७५ साल असार १२ गतेसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउने कार्य र बस्तीमा सीमांकन विवाद जारी रहेकाले समस्या आएको भन्दै १० महिना म्याद थप गरेर काम पूरा गर्न सकिने गरी काम भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख गुरुप्रसाद अधिकारीले बताए ।

यता हनुमन्ते खोला, अरनिको राजमार्ग, वप्पा पाटी विहार, बाहाखा बजार पुरानो बाटो १.६ किलोमिटर सडक रु चार करोड १२ लाखको लागतमा काम थाले पनि ३५ प्रतिशत मात्रै काम गरेको र काम अलपत्र छाडेपछिसुनौलो खिम्ती कन्ष्ट्रक्सन प्रालिलाई कारबाहीको तयारी गरिएको छ ।

त्यस्तै रु तीन करोड ३० लाखमा अरनिको राजमार्गबाट हनुमन्ते खोला सडक मनोहरा १.२ किलोमिटर र लोकन्थली मनोहरा पुलदेखि टीकाथली सडक ०.८ किलोमिटरको जिम्मा समानान्तर निर्माण सेवा प्रालिले २०७५ असार मसान्तसम्ममा कार्य सम्पन्न गर्नुपर्नेमा हालसम्म ३० प्रतिशत कार्य सम्पन्न भएको अनुगमनको क्रममा पाइएको छ ।

कतिपय आयोजनामा विद्युत् प्राधिकरणले पोल नहटाइ दिने, कतिपय आयोजनामा खानेपानी आयोजनाले ढल व्यवस्थापन परियोजनाले सडक ठेक्का दिइसकेपछि काम गर्न थाल्ने गर्दा पनि सडक निर्माणमा ढिलाइ हुने गरेको सडक कार्यालयको दाबी छ ।

प्रतिनिधिसभा सदस्य बस्नेतले निर्माण व्यवसायीले अब कुनै पनि बाहनामा पन्छिन नपाउँने बताउँदै समस्या भए स्थानीय सरकार, जनप्रतिनिधिसँग समन्वय गर्नुपर्ने बताए । अनुमगनमा भएका लापर्बाही हटाउन, काम तीव्र पार्न, गुणस्तरीय निर्माण गर्न र विभिन्न ठाउँमा विकासका आवश्यकताको पहिचान गरी आयोजना ल्याउन अनुमगनले मद्दत पुग्ने बताए ।
रासस

लोकप्रीय

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२

विचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२

थप समाचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै
ताजा समाचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन
ताजा समाचार

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

00:19:59

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.