विकास निर्माण कार्यको अनुगमन शुरु : काम राम्रो होस्, समय मै सकियोस् – पूर्वमन्त्री बस्नेत

भक्तपुर, साउन ८
प्रतिनिधिसभा सदस्य एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले भक्तपुरको विकासका गतिविधिको अनुगमन शुरु गरेका छन् । भक्तपुरमा आव ०७४/०७५ मा सडक, खानेपानी, ढल, करिडोर, विद्यालयलगायतका भौतिक पूर्वाधारसम्बन्धी विकासमा आएको बजेटको कामको प्रभावकारिता मूल्यांकन गर्दै विकासलाई तीव्रता दिन अनुगमन शुरु गरेका हुन् ।

डिभिजन सडक कार्यालय भक्तपुर, नगर विकास आयोजना भक्तपुर, केन्द्रीय सरकारबाट आएका बजेट, खानेपानी तथा सरसफाइ कार्यालयलगायतका विभिन्न कार्यालयमार्फत विनियोजित बजेटको कामको अवस्था जानकारी लिन अनुगमन शुरु गरेको प्रतिनिधिसभा सदस्य बस्नेतले जानकारी दिए ।

आफ्नै पहलमा भक्तपुरको विकासका लागि ल्याएको बजेटको कामको प्रभावकारितासमेत मूल्यांकन गर्न आफ्नै नेतृत्वमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नगर विकास आयोजनाका प्रमुख, नवराज प्याकुरेल, डिभिजन सडक कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारी, प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठ, नेकपाका जिल्ला अध्यक्ष बचन देउजालगायत सम्बन्धित कार्यालयका प्रमुख समेतको टोली बनाएर अनुगमन थालिएको हो ।

Advertisement

मध्यपुरथिमि नगरपालिकाअन्तर्गत बाहाखा बजार मूलपानी जाने सडक, बोडे सडक, नगदेशलगायतका थिमिमा नगर विकास आयोजना र डिभिजन सडक कार्यालय भक्तपुरमार्फत भएको सडक निर्माण, पर्खाल निर्माण, ड्रेन निर्माणलगायतको विकासका कामको अनुगमन गरेका हुन् ।

बस्नेतले अनुगमनकै क्रममा भने,– “आएको बजेटअनुसार काम भयो, भएन भनेर नहेर्ने, काम सकिएपछि यो भएन, त्यो भएन भनेर विरोध गर्ने हाम्रो प्रवृत्ति छ, त्यसलाई अन्त्य गर्नु जरुरी छ, अब स्थानीय सरकारका प्रतिनिधि, जनता, सम्बन्धित निकाय सबैले विकासको कामको अनुगमन गर्नु जरुरी छ, काम राम्रो होस्, समय मै सकियोस् भनेर विगत एक महिनादेखि अनुगमन शुरु गरेको हो ।”

बस्नेतले संसद् नभएको बेलामा साता दुई दिन आफ्नो क्षेत्रको विकास निर्माणको अनुगमन गर्ने र टोल टोलमा गएर जनतासँग भेटेर विकास निर्माणका कामका बारेमा भइरहेका गतिविधिको बारेमा जानकारी लिने, जनताको समस्या सुन्ने र समाधान गर्ने कार्य शुरु गरेका छन् ।

उनले भने,– “भक्तपुरको विकासलाई अब कसैले रोक्न सक्दैन, यहाँ विकासले तीव्रता पाएको छ, म यसलाई रोक्न दिन्न, स्थानीय बजेटसँगै केन्द्रीय बजेट थप गराएर भए पनि आगामी पाँच वर्षमा यहाँको मुहार फेर्ने मेरो जिम्मेवारी म पूरा गर्छु ।”

उनले बजेट लिएर काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेको बताउँदै जनताको गुनासोलाई तत्कालै सम्बोधन गर्न आफु तल्लिन रहेको बताए ।

बस्नेतले मध्यपुरथिमि नगरपालिकामा ३७ वटा आयोजनाको काम शुरु भइसकेको बताउँदै चालू आवमा यहाँको आवश्यकता र जनताको मागअनुसार स्रोत जुटाएर थप आयोजना सञ्चालन गर्न लागिरहेको बताए ।

जनमुखी विकासका काम गर्न आफू जस्तोसुकै सहयोग गर्न तयार रहेको समेत बताए । भक्तपुर निर्वाचन क्षेत्र नं २ मा मात्रै रु २० करोडको विकास निर्माण कार्य भइरहेको छ ।

निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले निर्माण कार्य जिम्मा लिई काम नगर्ने निमार्ण व्यवसायीलाई तत्काल कानूनको दायरामा ल्याई कारबाहीको प्रक्रिया अगाडि बढाइने बताए ।

डिभिजन सडक कार्यालय भक्तपुरको आयोजनामा निर्माणाधीन भइरहेको भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा निर्माणाधीन रु १२ करोड ३१ लाखको लागतमा निर्माण कार्य शुरु गरिएको बाखाबजार (पुरानो बाटो)–हुलाक रोड–नगरपालिका भवन–मिलरोड–मनोहरा पुलसम्मको २.२ किलोमिटर सडक सन्तोसी÷पिआर जेभीले लिएको जसमा ६५ प्रतिशत काम सम्पन्न भएको छ ।

सडकको २०७३ साल जेठ २८ मा सम्झौता भई २०७५ साल असार १२ गतेसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउने कार्य र बस्तीमा सीमांकन विवाद जारी रहेकाले समस्या आएको भन्दै १० महिना म्याद थप गरेर काम पूरा गर्न सकिने गरी काम भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख गुरुप्रसाद अधिकारीले बताए ।

यता हनुमन्ते खोला, अरनिको राजमार्ग, वप्पा पाटी विहार, बाहाखा बजार पुरानो बाटो १.६ किलोमिटर सडक रु चार करोड १२ लाखको लागतमा काम थाले पनि ३५ प्रतिशत मात्रै काम गरेको र काम अलपत्र छाडेपछिसुनौलो खिम्ती कन्ष्ट्रक्सन प्रालिलाई कारबाहीको तयारी गरिएको छ ।

त्यस्तै रु तीन करोड ३० लाखमा अरनिको राजमार्गबाट हनुमन्ते खोला सडक मनोहरा १.२ किलोमिटर र लोकन्थली मनोहरा पुलदेखि टीकाथली सडक ०.८ किलोमिटरको जिम्मा समानान्तर निर्माण सेवा प्रालिले २०७५ असार मसान्तसम्ममा कार्य सम्पन्न गर्नुपर्नेमा हालसम्म ३० प्रतिशत कार्य सम्पन्न भएको अनुगमनको क्रममा पाइएको छ ।

कतिपय आयोजनामा विद्युत् प्राधिकरणले पोल नहटाइ दिने, कतिपय आयोजनामा खानेपानी आयोजनाले ढल व्यवस्थापन परियोजनाले सडक ठेक्का दिइसकेपछि काम गर्न थाल्ने गर्दा पनि सडक निर्माणमा ढिलाइ हुने गरेको सडक कार्यालयको दाबी छ ।

प्रतिनिधिसभा सदस्य बस्नेतले निर्माण व्यवसायीले अब कुनै पनि बाहनामा पन्छिन नपाउँने बताउँदै समस्या भए स्थानीय सरकार, जनप्रतिनिधिसँग समन्वय गर्नुपर्ने बताए । अनुमगनमा भएका लापर्बाही हटाउन, काम तीव्र पार्न, गुणस्तरीय निर्माण गर्न र विभिन्न ठाउँमा विकासका आवश्यकताको पहिचान गरी आयोजना ल्याउन अनुमगनले मद्दत पुग्ने बताए ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top