गण्डकी प्रदेशमा थपिए ३३७ जना कोरोना संक्रमित, ४ जनाको मृत्यु

१७ असोज ७८, सोमबार

१७ असोज , काठमाडौं ।

गण्डकी प्रदेशमा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो चौबिस घण्टामा ७५५ जनामा गरिएको नमूना परीक्षणमा तीन दिनमा प्रदेशमा ३११६ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ५५ महिला ६१ पुरुष रहेका छन् ।

प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार कास्की ६९, स्याङ्जा २४, म्याग्दी ३, लमजुङ ५, तनहुँ ११ र नवलपरासी पूर्वमा ५ जनामा संक्रमण देखिएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८५ हजार ८७६ पुगेको छ । गण्डकीमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेमा पोखरा– १३ का ९७ बर्षिय पुरुष, पोखरा–३ का ५३ वर्षीय पुरुष, तनहुँको शुक्लागण्डकी नगरपालिका –६ का ७७ वर्षीय पुरुष र भानु नगरपालिका–२ का ५१ वर्षीय पुरुष रहेका छन् ।

योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३६६ पुगेको छ । प्रदेशमा पछिल्लो चौबिस घण्टामा १७० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८३ हजार २९४ पुगेको छ । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १ हजार २१६ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top