१८ असाेज, एजेन्सी।
साउदी अरेबिया छिर्न खोज्ने सात जना यमनी आप्रवासी साउदी अरेबियाको सीमा क्षेत्रमा मारिएका छन् । ती आप्रवासीहरु जबरजस्ती साउदी अरेबिया छिर्न खोज्ने क्रममा सीमा सुरक्षा बलको कारबाहीमा मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
शुक्रबार यमनको मोनाबिह जिल्लामा ती आप्रवासी मारिएका अधिकारीहरुले जनाएका छन् । सीमा क्षेत्र पार गरेर सो उपत्यकाबाट उनीहरु साउदी अरेबिया जान खोज्दै थिए ।
त्यसक्रममा अरु २१ जना घाइते भएका छन् । घाइतेहरुलाई यमनी अस्पतालमा पुर्याइएको छ । उक्त उपत्यकाबाट साउदी छिर्न खोज्ने कैयौं आप्रवासीहरु र प्रहरीका बीचमा केही दिनयता भिडन्त भइरहेका छन् ।
