×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कांग्रेस जिल्ला सभापतिमा परिणाम आउने क्रम सुरु : पौडेल पक्ष ४, देउवा पक्ष ३

१८ आश्विन २०७८

१८ असोज, काठमाडौं ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सात जिल्लाको परिणाम सार्वजनिक भएको छ । सोमबार बिहानसम्मको जिल्ला अधिवेशनको नतिजा अनुसार सस्थापन अर्थात सभापति शेरबहादुर देउवानिकट तीनजना सभापति विजयी भएका छन् ।

Advertisement
Advertisement

वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट चारजना जिल्ला सभापति विजयी भएका छन् । संस्थापन पक्षले मनाङ, हुम्ला र ताप्लेजुङको सभापति जितेको छ । पौडेल पक्षले मुस्ताङ, रुकुम पूर्व, कालीकोट र संखुवासभामा सभापति जितेको छ ।

संखुवासभामा पौडेल पक्षका दीपक खड्काले देउवा पक्षका राइमान राईलाई भारी मतान्तरले पराजित गरेका छन् । संखुवासभामा कुल खसेको एक हजार ३४९ मतमा खड्काले एक हजार १८९ र राईले ११० मत मात्रै प्राप्त गरे ।

दोलखामा पौडेल पक्षका बर्मा लामा पहिलो र कृष्ण सिटौला पक्षका तारा खड्का दोस्रो हुँदा देउवा पक्षका रुद्रबहादुर खड्का तेस्रो भएका छन् । दोलखामा सभापति चयनका लागि लामा र खड्काबीच आज १२ बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

Advertisement

देउवा पक्ष :
मनाङ– शंकर गुरुङ
हुम्ला–मोहनविक्रम सिंह
ताप्लेजुङ–गजेन्द्रप्रसाद तुम्याहाङ
पौडेल पक्ष :
मुस्ताङ– रोमी गौचन थकाली
रुकुम पूर्व– केशरमान रोका
कालीकोट– अम्मबहादुर शाही
संखुवासभा– दीपक खड्का

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top