रोकियो तामाखानीको अध्ययन

१७ असोज ७८, सोमबार

१८ असाेज, बलेवा।

दुई वर्षअघि बागलुङ नगरपालिका–९ तित्याङमा सुरु भएको तामाखानीको अध्ययनको काम रोकिएको छ। कोरोना महामारीका कारण खानी अध्ययनका लागि बनाइएको सुरुङमा काम गरिरहेका चिनियाँ र नेपाली प्राविधिक तथा मजदूर घर हिँडेपछि खानी अध्ययनको काम रोकिएको हो ।

एक वर्षदेखि रोकिएको काम कोरोनाको त्रास कम भएपछि पनि वर्षाका कारण सुरु गर्न नसकिएको अध्ययन गरिरहेको कम्पनीले जनाएको छ। चीनको जोम्बिङ माइनिङ कम्पनीको प्राविधिक सहयोगमा शुभम् ग्रुपले २०७६ मङ्सिर महिनादेखि तित्याङमा खानी अध्ययनको काम गरिरहेको थियो ।

एक वर्षअघि खानीको अध्ययन भइरहेको क्षेत्रका सर्वसाधारणमा समेत सङ्क्रमण देखिन थालेपछि चिनियाँ प्राविधिक समूह काम छोडेर हिँडेको शुभम् ग्रुपका अध्यक्ष श्याम अधिकारीले बताए। ‘‘विदेशी प्राविधिकको सुरक्षाका लागि हामीले काम रोक्न बाध्य भयौं, अब बाँकी काम केही समयमा सुरु हुन्छ’’ अधिकारीले भने, ‘‘कोभिड कम भएको छ, दसैँं, तिहार जस्ता पर्व सकिएपछि पुनः काम थाल्छौं ।’’

तामाको परीक्षणका लागि तित्याङको अड्डाँडामा ७० मिटर लामो र बाह्रमुरेमा १०० मिटर लामो सुरुङ तयार भइसकेको छ। सुरुङमार्फत जमिनको भित्री भागको ढुङ्गा माटो सङ्कलन गरी प्रयोगशलामा परीक्षण गर्ने काम भइरहेको अधिकारीले बताए। ‘‘हामीले अबको ६ महिनामा सबै अध्ययनको काम सक्छौं’’, उनले भने, ‘‘जमिनभित्र धातुको मात्रा हेर्ने काम बाँकी छ, पहिलो चरणको ९० प्रतिशत काम सकेका छौं, वातावरणीय अध्ययन र विस्तृत परियोजना प्रतिवेदनको काम पनि सकिन्छ ।’’

तामाको अध्ययनका लागि नेपाल सरकारको अनुमतिमा यहाँ आएको कम्पनीले परीक्षण प्रतिवेदन तयार भएपछि खानी सञ्चालनको तयारीमा लाग्ने बताएको छ। ‘‘यहाँ प्लान्ट बस्छ, मात्रै कत्रो बनाउने भन्ने हो’’ अधिकारी भन्छन्, ‘‘अध्ययनको अन्तिम रिपोर्टका आधारमा बाँकी काम अघि बढ्छ।’’ पहिलो चरणको परीक्षणमा मात्रै झण्डै रु चार करोड खर्च गरेको कम्पनीले खानी सञ्चालनका लागि एक अर्बको हाराहारीमा लगानी हुने जनाएको छ ।

खानी अध्ययनको काम रोकिएकाले स्थानीयवासीमा आशङ्का उब्जिएको छ। ठूला ठूला सुरुङ बनेर यत्तिकै छोडिँदा बाढीपहिराको त्रास हुने र जमिन कमजोर भएकाले आसपासका बस्तीको व्यवस्थापन गरिनुपर्ने स्थानीयवासीको माग छ। स्थानीयवासी रवीन खत्रीले भने, ‘‘रोजगारी सिर्जना होला, सडक, पानी र बिजुली बन्लान् भन्ने छ, खानी त चल्नैपछ्र्र्र ।’’

खानीका कारण भएको क्षतिपूर्तिका लागि पनि खानी सञ्चालन भएमा मात्रै सम्भव हुने उनले बताए। पुराना खानी र त्यहाँ देखिने धाउको सङ्केतका आधारमा बागलुङ नगरपालिकाले खानी सञ्चालनको पहल थालेको थियो। पहिलो नगरसभाबाट तित्याङमा खानी सञ्चालनका लागि अध्ययन गर्ने निर्णय गरेको नगरपालिकाले खानी विभाग र सरोकारवाला सबै मन्त्रालयसँग पहल गरेर झण्डै दुई वर्षपछि अध्ययनको काम भएको थियो ।

खानी अध्ययन गरिरहेको कम्पनीले परीक्षणको प्रतिवेदन खानी विभागलाई बुझाउने छ। स्थानीय सरकारको तर्फबाट गर्नुपर्ने कुनैपनि काममा बाधा अवरोध नआउने गरी काम भएकाले अध्ययनको बाँकी काम पुनः सुरु हुने बानपा–९ तित्याङका वडाध्यक्ष गणेश थापाले बताए। परीक्षण भइरहेका दुई खानीमा १६ स्थानीय कामदार, चार कम्पनीका प्रतिनिधि, पाँच चिनियाँ प्राविधिक र पाँच इञ्जीनीयरले काम गरिरहेका थिए । रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top