१८ लाख लिएर ‘रत्नपार्क’ फिल्म खेल्दै भिटेन

१८ असोज ७८, मंगलबार

१८ असाेज, काठमाडाैँ ।

युवापुस्तामाझ चर्चित र्‍यापर समिर घिसिङ ‘भिटेन’ पनि अब फिल्मको नायक बन्ने भएका छन् । उनले १८ लाख पारिश्रमिक लिएर ‘रत्नपार्क’ नामक फिल्म साइन गरेका छन् । उक्त फिल्म बुढासुब्बा डिजिटलले निर्माण गर्न लागेको हाे ।

आइतबार राजधानीमा आयोजित फिल्म ‘डाँडाको बर पीपल’ को ट्रेलर सार्वजनिक कार्यक्रममा बुढासुब्बाका सञ्चालक नवराज गिरीले भिटेनलाई लिएर फिल्म निर्माण गर्न लागेको स्वीकार गरे । तर, उनले पारिश्रमिकको विषयमा मुख नखाेलेपनि ८ लाख पारिश्रमिक लिएकाे बुझिएकाे छ ।

Advertisement

ओटीटी प्लेटफर्म, सिनेमा हल र टेलिभिजनमा रिलिज गर्ने गरी निर्माण हुन लागेको यो फिल्ममा अश्लील शब्दको अत्याधिक प्रयोग हुने जनाइएकाे छ ।

रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएको थिए । र्‍यापर गिरीश खतिवडाले उनलाई आफ्नो ब्लगमा ल्याएपछि भिटेन थप चर्चित भए । अघिल्लो वर्ष उनलाई अश्लिल गीतहरू गाएको आरोपमा प्रहरीले पक्राउ समेत गरेको थियो ।

‘भिटेन’ले युवामा सकारात्मक ऊर्जा प्रवाह गर्ने ‘बैनी’, ‘लफंगा’, ‘चुरोट’, ‘हालखबर’, ‘कथा’ जस्ता सन्देशमूलक गीत पनि गाएका छन् ।

फिल्म क्षेत्रलाई चलायमान बनाउन र कन्टेन्ट निकाल्नका लागि बुढासुब्बाले ७ वटा फिल्मको घोषणा गरेको छ । त्यसमध्ये एउटा भिटेनलाई लिएर निर्माण हुनेछ । अब बुढासुब्बाले टि-सिरिज जस्तै आफैंले फिल्म बनाउने सञ्चालक गिरीले बताएका छन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top