×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

थुलुङदूधकोशी गाउँपालिकामा बैंक स्थापना, स्थानीयवासी हर्षित

९ श्रावण २०७५

सोलुखुम्बु, साउन ९
सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकामा पहिलोपटक लक्ष्मी विकास बैंकको शाखा सञ्चालनमा आएको छ । उक्त गाउँपालिकामा मंगलबारबाट लक्ष्मी विकास बैंकले सेवा शुरु गरेको हो । नेपाल राष्ट्र बंैकले दिएको सहमतिअनुसार मंगलबारदेखि औपचारिकरुपमा सेवा शुरु गरेको शाखा प्रबन्धक प्रयास अधिकारीले जानकारी दिए ।

साविक सात वटा गाविसलाई समेटेर बनाइएको उक्त गाउँपालिकामा हालसम्म कुनै पनि बैंक सञ्चालनमा नआउँदा यहाँका स्थानीय आर्थिक कारोबारका लागि एक दिनसम्मको यात्रा गरेर सदरमुकाम धाउन बाध्य थिए । “अब एक दिन हिँड्नुपर्ने बाध्यता हट्यो” गाउँकार्यपालिका सदस्य बुद्धिराज राईले भने, “एकैदिनमा आर्थिक कारोबार गरेर सहजै घर फर्कन सकिन्छ ।”

Advertisement
Advertisement

गाउँपालिकामा बैंकको शाखा स्थापना भएपछि स्थानीयवासी हर्षित भएका छन् । स्थानीय हर्कराज राईले सामान्य योजना सञ्चालनको लागि सदरमुकामसम्म धाउनुपर्ने बाध्यता हटेको भन्दै खुशी व्यक्त गरे । उनले भने, “ संहदरबारको अधिकार गाउँगाउँमा आउँछ भन्ने विश्वास बढ्यो ।”

Advertisement
Advertisement

सोलुखुम्बुको स्थानीय तहमा नयाँ बैंकको शाखा स्थापना हुने गाउँपालिकामध्ये थुलुङदूधकोशी पहिलो गाउँपालिका बनेको छ । सेवा सुचारु गरेको पहिलो दिन मंगलबार तीन दर्जनले खाता खोलेको बैंकले जनाएको छ ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top