६ घण्टाको अवरोधपछि चल्न थाल्यो फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम

१९ असाेज, काठमाडौँ ।

Advertisement

विश्वव्यापी रूपमा नै ‘डाउन’ भएको फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको समस्या करिब ६ घण्टापछि सुल्झिएको छ । तीन वटै सामाजिक सञ्जालमा समस्या आउँदा विश्वका अर्बौँ प्रयोगकर्ताले सेवा प्रयोग गर्नबाट बञ्चित भएका थिए । ६ घण्टा पछि यी सामाजिक सञ्जालमा देखिएको समस्या समाधान भएको फेसबुकले जनाएको छ।

यी तीनवटै सामाजिक सञ्जालहरू फेसबुक कम्पनीका हुन् जसलाई वेबसाइट र स्मार्टफोन एपहरूमा चलाउन सकिएको थिएन। फेसबुकले त्यसलाई नेटवर्किङसम्बन्धी समस्या बताउँदै त्यसका लागि माफी समेत मागेको छ।

Advertisement

ती समस्या सुल्झाउन र आफ्ना डिजिटल मञ्चहरूलाई सामान्य अवस्थामा फर्काउन आफ्ना टोलीहरूले सक्दो छिटो काम गरेको जनाइएकाे छ । समस्याको वास्तविक कारण खुलाइएको छैन ।

Advertisement

विश्वव्यापी रूपमा अवरोध झेलेको ६ घण्टापछि फेसबुक र उक्त कम्पनीका अन्य सोसल मिडिया मञ्चहरू ह्वाट्सएप र इन्स्टाग्रामका अर्बौँ प्रयोगकर्ताले पुन: सेवा प्रयोग गर्न पाएका छन्।

फेसबुकका प्रमुख प्रविधि अधिकृतले आफ्ना सेवाले ‘१०० प्रतिशत’ काम गर्न भने केही समय लाग्ने बताएका छन्। यस्ता अवरोधको विवरण राख्ने डाउनडिटेक्टरका अनुसार यो समस्या अहिलेसम्मकै ठूलो अवरोध भएको जनाएको छ । यो समस्याबारे विश्वभरिबाट १ करोड ६ लाख मानिसले उजुरी दिएका थिए।

यो तहको अवरोध फेसबुकले यसअघि सन् २०१९ मा झेलेको थियो जतिखेर १४ घण्टाभन्दा लामो समय अवरोध देखा परेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top