पाँच सन्तानकी आमा श्रीमानबाटै बेचिइन्

१९ असोज ७८, बुधबार

काठमाडौं: श्रीमती सम्झना तामाङ (नाम परिवर्तन) लाई भारतको राजधानी दल्लीस्थित कोठीमा बेच्ने नुवाकोट दुप्चेश्वरका नवीन तामाङ र पासाङ शेर्पा पक्राउ परेका छन् । नवीन सम्झनाकी पहिलो र पासाङ दोस्रो श्रीमान् हुन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले नवीनलँई दुप्चेश्वर र पासाङलाई बिजुली बजारबाट पक्राउ गरेको हो । प्रहरीकाअनुसार नवीनले सम्झनालाई एक लाख ६० हजार रुपैयाँ लिएर पासाङलाई बेचेका थिए । विवाहपछि पासाङले उनलाई दिल्ली लगेर बेचेका थिए ।

सम्झनाको नवीनतर्फका पाँच सन्तान छन् । बेचिएको ६ वर्षपछि ३४ वर्षीया सम्झनाको कोठीबाट उद्धार भएको थियो । शक्ति समूहको आश्रयमा रहेकी उनले १ भदौमा ब्युरो पुगेर जाहेरी दिएकी थिइन् । तत्काल अनुसन्धानमा जुटेको प्रहरी टोलीले डेढ महिनाको प्रयासपछि नवीन र पासाङलाई पक्राउ गरेको हो ।

ब्युरो प्रमुख एसएसपी दुर्गा सिंहले पटक पटकको प्रयासपछि मात्रै नवीन र पाािङलाई पक्राउ गर्न सकिएको बताइन् । ‘संझना पाँच सन्तानकी आमा हुन् । उनको पहिलो श्रीमान् नीन हो । एक लाख ६० हजार लिएर उनले पासाङलाई बेचेका रहेछन् । आफूले किनेपछि पासाङले सम्झनासँग बिहे गरेर दिद्यदीमा लगेर बेचेछन्,’ उनले भनिन्, ‘रकम लिएर दुबै जना ढुक्कले बसेका रहेछन् । कर्तुत खुल्न केही समय लाग्यो । अन्नतः दुवै पक्राउ परे ।’

प्रहरीका अनुसार सम्झनालाई नविनले ०७१ मा पासाङलाई बेचेका थिए । भारतीय प्रहरी र क्याटलिस्ट नामक गैरसरकारी संस्थाको सहयोगमा सम्झना गत ३१ जेठमा नेपाल फर्कन सफल भएकी थिइन् । उनी अहिले शक्ति समूहको संरक्षणमा छिन् ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top