‘पदमा पुगेर पैसा कमाउनु छैन, पार्टीलाई संस्थागत गर्छु’

२० असोज, काठमाडौं ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूलाई पदमा पुगेर पैसा कमाउनु नपर्ने बताएका छन् ।

नेपाली कांग्रेस नागार्जुन नगर समितिले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै नेता सिंहले यसपटक आफू सभापति पदमा लड्ने दोहो¥याउँदै भने, ‘प्रजातन्त्र जोगाउनुप¥यो । पार्टी संस्थागत गर्नुप¥यो । जनतालाई सहयोग गर्नुप¥यो भन्ने हो । मलाई पदमा पुगेर पैसा कमाउनु छैन।’

१३औँ महाधिवेशनमा आफू नउठेर रामचन्द्र पौडेल र शशांक कोइरालालाई सघाएको स्मरण गर्दै सिंहले यसपटक काठमाडौँबासीले नेपाली कांग्रेसको नेतृत्व गर्न पर्ने पनि बताए ।

‘अहिलेसम्म काठमाडौंबाट को पार्टी सभापति भएको छ ?,’ उनले भने, ‘के हामी सधैँ अरुको झोला मात्रै बोकेर हिँड्नुपर्ने?’

नेताहरूमा पदमा पुग्न होडबाजी गर्ने तर पद पाइसकेपछि काम नगर्ने प्रवृत्ति देखा परेको उनको आरोप छ । सभापति शेरबहादुर देउवाले चार वर्षसम्म पार्टीको विभागसम्म गठन गर्न नसकेको उनले बताए ।

नेपाली कांग्रेसमा गुट नै गुटले पार्टी विभाजित देखिँदा पनि जनताले खोजेको बताएका सिंहले आफूले नेतृत्वको अवसर पाए पार्टी एक ढिक्का बनाउने पनि उद्घोष गरे ।

नेताको छोराछोरी वा परिवारको मान्छै भन्दैमा क्षमतावानहरुलाई पाखा लगाउन नहुने उनले बताए ।

‘त्याग नै त्याग भनेर मात्र हुन्छ ? १३ औं महाधिवेशनमा मैले रामचन्द्र पौडेललाई छाडेकै हो । म पहिले महामन्त्री जितेको हुँ । बीपीको छोरा महामन्त्री उठ्ने भनेर म नै त्यसबेला शशांक कोइरालाको प्रस्तावक बसेँ’, उनले थपे, ‘गणेशमानको छोरा भन्छन् तर नेतृत्वमा आउन परिवादबादको ट्याग लगाउने ?’

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top