दुवै खोप लगाएका भारतीय सहजै नेपाल आउन सक्ने

२० असोज ७८, बिहीबार

बाँके: घुमघामका लागि नेपाल आउने पर्यटकलाई लक्षित गरी स्थानीय प्रशासनले नेपालगन्ज नाकामा सहज प्रवेशको व्यवस्था गर्न थालेको छ । नेपाल आउने पर्यटकले ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट देखाउनुपर्ने प्रावधान हटाएर स्थानीय प्रशासनले कोरोनाविरुद्ध दुवै डोज खोप लगाएकालाई प्रवेश दिन थालेको हो ।

Advertisement

७२ घण्टाको रिपोर्ट देखाउनुपर्ने प्रावधानले भारतीय यात्रुलाई सास्ती भएपछि खोप कार्डलाई मान्यता दिएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भण्डारीले बताए । उनले खोप कार्डले भारतीयलाई नेपाल आउन सहज भएको बताउँदै नेपालगन्ज नाकामा भारतीय गाडीको लाइन पनि कम भएको बताए ।

भारतीय गाडीमार्फत नेपाल आउने भारतीय पर्यटकले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएको प्रमाणित गर्ने कागजात देखाए सहजै नेपाल प्रवेश गर्न दिनू भन्ने आदेश आएकाले त्यसैअनुसार गर्न थालिएको छ,’ इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज सइ मीनबहादुर विष्टले भने ।

Advertisement

यसअघि ७२ घन्टाभित्रको पिसिआर रिपोर्ट ल्याउनुपर्ने प्रावधान थियो । सो प्रावधान झन्झटिलो भएको गुनासो आउने गरेको थियो । त्यसपछि प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको नेतृत्वमा बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी, नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीको बैठकले कोरोनाविरुद्ध दुवै डोज खोप लगाएका भारतीयलाई प्रवेश गर्न दिने निर्णय गरेको हो ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top