शक्तिपीठमा बिहानैदेखि भक्तजनको चहलपहल

२० असोज ७८, बिहीबार

२१ असोज, काठमाडौं ।

दुर्गा पक्ष शुरु भएसँगै देशभरका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ। गत वर्ष दुर्गा पक्षका बेला कोरोनाको जोखिम बढेकाले भक्तजनलाई दर्शन गर्न असहज थियो। यस वर्ष कोरोनाको जोखिम कम हुँदै गएकाले शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लागेको हो।

विगत वर्षमा काटिएको घटस्थापनाको दिनको सार्वजनिक बिदा यस वर्षदेखि सरकारले फेरि दिन थालेकाले पनि शक्तिपीठमा भक्तजनको भीड लागेको हो।

नवरात्र नपरेका बेला पनि आज देवी मन्दिरमा भक्तजनको भीड लाग्छ। शरद ऋतुमा पर्ने आश्विन शुक्ल पक्ष देवीको पूजा आराधनाका लागि उत्तम समय मानिन्छ। यो बेला वर्षा सकिएर वातावरण पनि रमाइलो र घमाइलो देखिन्छ।

बडादसैँका रुपमा समेत मनाइने यो नेपालीको राष्ट्रिय चाड हो। बडादसैँको पहिलो दिनदेखि नै घरघरमा घटस्थापना गरी नवदुर्गाको विशेष पूजा आराधना गरिन्छ। आज घटस्थापनाको साइत बिहान ११ः४६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

आज दिनभर चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापनाअघि शान्ति गर्नुपर्ने शास्त्रीय विधि रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए। चित्रा नक्षत्रको स्वामी त्वष्टाअर्थात् विश्वकर्मा र वैधृति योगका स्वामी अदितिको पूजा अराधना गरेर दोष मुक्तिका लागि शान्ति गर्नुपर्छ।

नक्साल भगवतीको स्वरुप बिगारिँदा सफाइमा समस्या

काठमाडौं महानगरपालिका–१ मा रहेको नक्साल भगवती क्षेत्रको सफाइमा बुधबार बेलुकीदेखि नै स्थानीयवासी सक्रिय भएका थिए। मन्दिर परिसरमा घटस्थापना गरी आजदेखि नवदुर्गाको विधिवत् पूजा आराधना गर्ने तयारी भइरहेको छ।

विसं २०६६ मा जीर्ण मन्दिर भत्काएर पुनःनिर्माण गर्ने क्रममा पहिलेको भन्दा स्वरुप बिगारिएकाले मन्दिरमाथि जम्मा भएको फोहर सफा गर्न अप्ठ्यारो भएको स्थानीयवासी अविल कपालीले बताए।

पहिले मन्दिरभित्र दलिन राखेर गजुरसम्म पुगेर सफाइ गर्न सकिने संरचना रहेकामा विसं २०७० मा मन्दिर पुनःनिर्माण सम्पन्न हुँदा यो स्वरुप बिग्रिएको उनको गुनासो थियो। पुरातात्विक, सांस्कृतिक, धार्मिक महत्व भएका संरचना पुरानै स्वरुपमा बनाउनुपर्ने कानूनी व्यवस्था भए पनि पुरातत्व विभागको हेलचे्रक्र्याइँले यस्तो भएको स्थानीयवासीको दुःखेसो छ। मन्दिरको पुरानो स्वरुप बिगारिएकै कारण बाहिरबाट भ¥याङ राखेर मन्दिरमाथि सफाइ गर्न जानुपर्ने बाध्यता परेको छ।

मन्दिर पुनःनिर्माणका बेला परिसरको ढुङ्गेधारासमेत साँघुरो बनाइएकाले पानीको दह जम्ने गरेको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष शैलेन्द्र राजकर्णिकार बताउँछन्। यसका कारण मन्दिर क्षेत्रमा फोहर पानी जम्ने गरेको छ। यन्त्र लगाएर ठूलो पाइपले फोहर पानी बाहिर फाल्नुपरेको उनले सुनाए। मन्दिर कहिले बन्यो भन्ने यकिन इतिहास नभए पनि मन्दिर क्षेत्रमा रहेको जलद्रोणीमा लिच्छविकालीन अभिलेख रहेकाले त्यसअघि नै बनेको मन्दिर हो भन्न सकिन्छ।

यसैगरी काठमाडौं–३० मा रहेको मैतीदेवी मन्दिरमा सफाइसहित आजदेखि विशेष पूजाको तयारी गरिएको छ। मैतीदेवी मन्दिर क्षेत्रमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष दलबहादुर कार्की भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर नवरात्रमा मन्दिर आउने भक्तजनलाई दर्शन एवं पूजा आराधनाको व्यवस्था मिलाइएको बताउँछन्।

काठमाडौं–८ मा रहेको पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिर क्षेत्रमा पनि भक्तजनको भीड लागेको छ। मन्दिर क्षेत्र सफाइ गरी विशेष पूजा आराधनाको व्यवस्था मिलाइएको छ। पशुपति क्षेत्रका अन्य शक्तिपीठमा पनि भक्तजनको भीड लागेको छ। दुर्गा पक्षका पनि सार्वजनिक बिदाका दिन पशुपति क्षेत्रका शक्तिपीठमा भक्तजनको बढी भीड लाग्ने गर्छ।

काठमाडौं उपत्यकाका कालिकास्थान, भद्रकाली, शोभाभगवती, बिजेश्वरी, रक्तकाली, श्वेतकाली, कङ्केश्वरी, इन्द्रायणी, चामुण्डादेवी, सुन्दरीमाई, बज्रयोगिनी, बज्रबाराहीलगायत शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ। नवरात्रको पहिलो दिनदेखि नै शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्छ।

यसैगरी काठमाडौं उपत्यका बाहिरका शक्तिपीठमा पनि भक्तजनको भीड लाग्छ। पाथीभरा, पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, इच्छाकामना देवी, मनकामना देवी, शैलेश्वरी, बागलुङ कालिकालगायत देवी मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ। नवरात्रका अवसरमा शक्तिपीठमा पुगी पूजा आराधनासहित देवीको दर्शन गरेमा मनोकाङ्क्षा पूरा भई वर्षभरका लागि शक्ति प्राप्त हुने विश्वास गरिन्छ। यसै विश्वासका आधारमा देशभरका शक्तिपीठमा नवरात्रभर भक्तजनको भीड लाग्ने गर्छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top