राहत रकम फ्रिज भएपछि बाढीपिडीतले गरे सडक अबरुद्ध

१० साउन ७५, बिहीबार
Share this
738shares

विराटनगर, साउन १०
मोरङको कटहरी गाँउपालिकाका बाढी पीडितले राहत रकम समयमै वितरण नगरिएको विरोधमा सडक अबरुद्ध गरेका छन । पिडितहरुले रोडमा बाँस तेर्साएर सडक जाम गरेका हुन् ।

Advertisement

गएको बर्ष आएको बाढीले घरबार विहीन भएका बाढी पिडीतको नाममा आएको रकम समय मै नदिएपछि बाढी पिडीतको रकम फ्रिज भएर फर्किएको छ ।

राहतको रकम फिर्ता भएपछि बिहीबार दिउँसो पिडीतहरुले सडक अवरुद्ध पारेका थिए । कटहरी गाँउपालिकाको बाढीपीडितका लागि ३ करोड ८९ लाख २५ हजार रकम आएको थियो ।

Advertisement

गृहमन्त्रालयबाट आएको रकम असार ३२ गतेसम्म गाउपालिकाले वितरण नगरेपछि रकम फ्रिज भएको हो । कटहरी गाउँपालिकाले बाढीपीडितलाई रकम वितरण नगरेपछि स्थानीयले केही दिनदेखि लगातार विरोध धर्ना लगायतका कार्यक्र गर्दे आएका छन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top