केपी ओली र एमाले कम्युनिस्ट आन्दोलनबाट च्युत भइसके : माधव नेपाल

२१ असोज ७८, बिहीबार
Share this
808shares

२१ असाेज, काठमाडौं।

Advertisement

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओली कम्युनिस्ट आन्दोलनबाट च्युत भइसकेको आरोप लगाएका छन्।

बिहीबार एमाले केन्द्रीय सदस्य भानुभक्त जोशीलाई एकीकृत समाजवादीमा स्वागत गर्दै उनले यस्ताे आरोप लगाएका हुन् ।

Advertisement

उनले एमाले सबै हिसाबले पतनको दिसामा गइसकेको दाबी गरे। अन्तिम प्रयास गर्दा पनि एमालेलाई बचाउन नसकिने निष्कर्षका साथ आफूहरूले नयाँ पार्टी निर्माण गरेको नेपालले बताए।

विधान महाधिवशेनको नाममा गरिएको भेला र त्यसले अघि सारेका कुरा पनि गलत देखिएको नेपालको टिप्पणी छ। ‘केपी ओलीलाई सुधार गर्न सकिँदैन भन्नेमा थियौं। त्यही पनि अन्तिमसम्म प्रयास गर्‍यौं। उनी सुध्रिएनन्’ नेपालले भने।

Advertisement

लामो समयदेखि चलिरहेको अन्तरसंघर्ष फेस गर्न नसकेर ओलीले संसद् विघटन गरेको पनि नेपालकाे दाबी छ । भानुभक्त जोशीजस्तै थुप्रै नेताहरू एकीकृत समाजवादीमा आउने उनले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top