नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

२१ असोज, काठमाडौं।

विश्व बैंकले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाएको छ । विश्व बैंकले चालु आर्थिक वर्ष २०७८ / ७९ मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ । साउथ एसिया इकोनोमिक फोकस सार्वजनिक गर्दै विश्व बैंकले यस्तो जानकारी गराएको हो ।

सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा १.८ प्रतिशतले आर्थिक वृद्धिदर बढ्ने अनुमान विश्व बैंकको छ ।

आर्थिक वर्ष २०७६ /७७ मा नेपालको आर्थिक वृद्धिदर ऋणात्मक रहेको थियो भने गत आर्थिक वर्षमा १.८ प्रतिशत मात्र वृद्धिदर भएको विश्व बैंकले जनाएको छ । कोभिड महामारीको प्रभाव नेपालको अर्थतन्त्रमा कम हुँदै गएकाले अर्थतन्त्र सुधारोन्मुख रहेको विश्व बैंकले जनाएको छ ।

विशेष गरी कोभिड–१९ विरुद्धको खोपको प्रयोगका कारण वैदेशिक रोजगारी र पर्यटन क्षेत्रमा सुधार देखिन थालेकोले नेपालको अर्थतन्त्र सुधारको अवस्थामा रहेको विश्व बैंकले जनाएको छ ।

यो वर्ष समग्र दक्षिण एसियाली मुलुकले भने आर्थिक वृद्धिदरमा फड्को मार्ने विश्व बैंकको प्रक्षेपण छ । यसमा सबैभन्दा ठूलो योगदान पर्यटनमा आधारित अर्थतन्त्र भएका मुलुकको रहने छ ।

दक्षिण एसियाको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहने छ । यसमा सबैभन्दा बढी माल्दिभ्सको ११ प्रतिशत योगदान रहने छ । भारतको ७.५ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने देखिएको छ । सबैभन्दा कम श्रीलंकाको २.१ प्रतिशत मात्र रहने देखिएको छ ।

बंगलादेशले भने ६.४ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने देखिएको छ । भुटान, पाकिस्तान र नेपाल भने उस्तै प्रकारको अवस्थामा रहने देखिएको छ ।

कोरोना महामारीले दक्षिण एसियामा गरिब र धनी बीचको खाडल मात्र बढाएको छैन, गरिबी समेत थपेको छ ।

भर्खरको समाचार

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

सम्बन्धित समाचार

Scroll to Top