दशैँका लागि जुट्यो जनकपुर

२० असोज ७८, बिहीबार

२१ असाेज, जनकपुरधाम ।

नेपालीहरुको महान पर्व बडा दशैँको उपलक्ष्यमा जनकपुरको विभिन्न शक्तिपीठहरुमा पूजाको आवश्यक तयारी पूरा भएको छ । बडा दशैँको उपलक्ष्यमा जनकपुरको ऐतिहासिक शक्तिपीठहरु भव्य रुपमा सजाइएको हो । स्थानीय युवा क्लवहरु दशैँलाई भव्य बनाउन जुटेका छन् भने प्रमुख शक्तिपीठ राजदेवी मन्दिरसहित एक दर्जनभन्दा बढी स्थानमा शक्तिस्वरुपा दूर्गाको मूर्ति स्थापना गरी दशैँमा पूजाअर्चना गर्ने गर्न तयारी गरिरहेका छन् ।

राम मन्दिर परिसरभित्र रहेको राजदेवी मन्दिरसहित अन्य स्थानमा मूर्ति स्थापना गरी पूजा गरिने ठाउँहरुमा आकर्षक पण्डाल, रंगीचंगी बल्व जडान गर्ने कार्य शुरु भइसकेको छ । राजा जनकका कुलदेवता भनिएको प्रसिद्ध राजदेवी मन्दिरमा आकर्षक पण्डाल र भिलिमिल बत्तीहरु जडान गर्ने कार्य करिव पूरा भइसकेको महावीर युवा कमिटीले जनाएको छ । पण्डाल, बत्तिलगायत पूजा व्यवस्थापन गर्न १० लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । मन्दिरका मुलपुरोहित गणेश झाले मन्दिरमा पररम्पगत रुपमा हुने गरिएको पूजाको साथै तान्त्रीक विधिको अनुसार समेत पूजा गरिने बताए । उनले मन्दिरमा तान्त्रिक विधि अनुसार पूजा हुने गरिएकै कारण दशैँभर महिलाहरुलाई राजदेवी मन्दिरमा पूजा गर्न वर्जित गरिएको पनि बताए ।

मुल पुरोहित झाले भने, ‘मन्दिरमा पररम्पगत रुपमा हुने गरिएको पूजाको साथै तान्त्रीक विधिको अनुसार समेत पूजा गरिन्छ, मन्दिरमा तान्त्रिक विधि अनुसार पूजा हुने गरिएकै कारण दशैँभर महिलाहरुलाई राजदेवी मन्दिरमा पूजा गर्न वर्जित हुन्छ ।’

नियमित पूजाका साथै भजन सन्ध्या

त्यस्तै घटस्थापनादेखि शुरु हुने पूजाअर्चना विजया दशमीसम्म चल्ने बताउँदै क्लबका अध्यक्ष मनमोहन शाहले दशैँलाई भव्य बनाउन नियमित पूजाका साथै भजन सन्ध्या लगायतको कार्यक्रम गरिने जानकारी दिए। उनले स्थानीय रामानन्द युवा क्लव हरेक वर्ष झैँ यस वर्ष पनि माटोको मूर्ति निर्माण गरी पूजाको तयारीमा जुटेको बताउँदै पूजालाई भव्य बनाउन क्लबले रामानन्द चोकमै पण्डाल निर्माण थालेको जानकारी दिए ।

जनकपुरको मुरली चोक, भ्रमरपुरा चोक, पिडडीया माइस्थान, रजौल लगायतको क्षेत्रका युवा क्लबहरु पनि दशैंको तयारीमा जुटेका छन् । अन्य दिन चाँडै बन्द हुने जनकपुर दशैँ शुरु भएपछि राति अबेरसम्म खुल्ला रहने गर्दछ । धार्मिक स्थलहरुमा हुने भजनकिर्तन तथा धार्मिक कार्यक्रमले जनकपुरमा छुट्टै रौनक छर्ने गर्छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top