एमाले श्रमजिवी वर्गको पक्षमा : विष्णु रिमाल

२१ असोज ७८, शुक्रबार

२१ असाेज, काठमाडाैँ ।
नेकपा(एमाले)का नेता विष्णु रिमालले आगामी पुस्ता श्रमजिवी वर्गको स्थानलाई मर्यादित बनाउन लाग्नुपर्ने बताएका छन् । बिहीवार मर्यादित कामको लागि विश्व दिवसको अवसरमा जिफन्टले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता रिमालले अघिल्लो पुस्ताले देशमा व्यवस्था परिवर्तनको लागि भुमिका खेलेको उल्लेख गर्दै आगामी पुस्ताले समाजमा श्रमजिवी वर्गको स्थानलाई मर्यादित बनाउन लाग्नुपर्ने बताएका हुन् ।

Advertisement

उनले श्रमजिवी अधिकारको हक, अधिकार र मर्यादामाथि राज्यले तलमाथि गर्न खोजे त्यसका विरुद्ध एक भएर उठ्नुपर्ने उनले बताए । उनले भने – ‘श्रमजिवी वर्गसित राज्यले सोसल कन्ट्रयाक्ट गर्ने, श्रमजिवी वर्गसित रोजगारदाताले सोसल कन्ट्रयाक्ट गर्ने भन्दापनि परमादेश जारी गर्ने र परमादेशबाट बनेको सरकारबिचमा सोसल कन्ट्रयाक्ट हुन थालेको छ । यदी यस्तो खालको सोसल कन्ट्रयाक्टमा लाग्ने हो भने त सम्भवत्ः मर्यादित काम त के लोकतन्त्र नै कहाँ पुग्न भन्न सकिदैनँ । तपाई हामी यसमा चनाखो बन्नुपर्छ । यदी मर्यादित ठाउँबाट अमर्यादित काम हुन थाल्यो भने त्यसलाई मर्यादित बनाउनलाई पनि तपाई हामीले मेहनत गर्नुपर्छ । अरुले गर्दैन । अबको पुस्ताले समाजमा अब मर्यादित श्रमजिवी वर्गको स्थानलाई उचो बनाउनलाई लाग्ने हो । यसमा कसैले तलमाथि गर्ने स्थिति आएमा तपाई हामी एक भएर उठ्नुपर्छ । एक भएर बोल्नुपर्छ । एक भएर यसका लागि लड्नुपर्छ ।’

नेता रिमालले नेकपा(एमाले) श्रमजिवी वर्गको पक्षमा रहेको बताए । विगतमा एमाले सरकारले श्रमिकको तलव वृद्धि गर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् रोजगारी सिर्जना गर्ने, स्वास्थ्य बिमा गर्ने लगायतका महत्वपूर्ण काम गरेको उनले स्मरण गरे । कामलाई मर्यादित बनाउँदै समाजवादको आधार तयार गर्नु अहिलेको आवश्यकता रहेको उनले औँल्याए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top