दसैं मनाउन रेमिट्यान्सको भरथेग

२१ असोज ७८, शुक्रबार

काठमाडौं : नेपालीहरु सबैभन्दा ठूलो पर्व दसैं सुरु भइसकेको छ । चाडपर्वको अवसरमा राम्रो लगाउने र मिठो खाने अधिकांश नेपालीको रहरलाई वैदेशिक रोजगारीमा रहेका आफन्तले पठाउने रेमिट्यान्सले नै भरथेग गर्दै आएको छ ।

देशको वैदेशिक मुद्रा आर्जन गर्ने मुख्य स्रोत नै रेमिट्यान्स अर्थतन्त्रकै प्रमुख आधार हो । दसैंमा भित्रने अधिकांस रेमिट्यान्स उपोगमा खर्च हुने हुँदा यसले दसैं अर्थतन्त्रलाएै चलायमान बनाउनसमेत भूमिका खेल्दै आएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार सबैभन्दा ब९ी रेमिट्यान्स दसैंको आसपास नै भित्रने गरेको छ । दसैंलगायतका चाडपर्व मनाउनका लागि विदेशमा रहेको नेपालीहरुले घरपरिवार र आफन्तालाई पैसा पठाउने गरेकाले असोज-मंसिरको समयलाई रेमिट्यान्सको ‘सिजन’ मानिन्छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७ ७८ मा ९ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रिएको थियो ।

Advertisement

औसतमा प्रतिमहिना ८० अर्व रेमिट्यान्स भित्रिने भए पनि असोज महिनामा मात्र ९३ अर्व रेमिट्यान्स आप्रवाह बढ्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल बताउँछन् । ”चाडपर्वको सिजन नेपालमा रेमिट्यान्स आउने मुख्य समय हो’ उनले भने , ”भदौ महिनाबाटै रेमिट्यान्स वृद्धि हुन सुरु हुन्छ र यो क्रम मंसिरसम्म रहन्छ ।”

विदेशमा बस्ने नेपालीह्रुले दसैंलगायतका चाढपर्वकै लागि पैसा पठाउने भएकाले यसैलाई लक्षित गरेर रेमिट्यान्स कम्पन्नीहरुले पनि विभिन्न योजना सार्वजनिक र्गे गरेका छन् । यस वर्ष पनि कम्पनीहरुले रेमिट्यान्स पठाउँदा विभिन्न उपहार योजना सार्वजनिक गरेका छन् ।,याे समाचार कारोबार दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top