काठमाडौं महानगरमा आजदेखि कोरोनाविरुद्धको पहिलो डोज खोप लगाइने

२१ असोज ७८, शुक्रबार

२२ असोज, काठमाडौं ।

Advertisement

काठमाडौंमा आज (शुक्रबार)बार देखि कोभिड–१९ विरुद्धको पहिलो डोज खोप दिइने भएको छ।

काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा रहेका खोप केन्द्रमा खोप लगाउने कार्यक्रम सञ्चालन हुने महानगरपालिकाले जनाएको छ।

Advertisement

त्यस्तै नेपाल प्रहरी, वीर, निजामती, परोपकार प्रसुती र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप लगाउने व्यवस्था रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ।

खोप १८ वर्ष पूरा भएका सम्पूर्ण नागरिकहरुलाई लगाइने महानगरपालिकाले जनाएको छ। विहान १० बजेदेखि ४ बजेसम्म खोप लगाउन पाइनेछ।

Advertisement

खोप लगाउन जाँदा परिचय खुल्ने फोटो सहितको परिचय पत्र र विद्युतीय दर्ता नम्बरसहित नजिकको खोप केन्द्रमा गई भिडभाड नगरी खोप लगाउन महानगरपालिकाले नगरबासीहरुलाई अनुरोध गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top