×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जसपाले टुंग्यायो चार मन्त्रीको नाम

२२ आश्विन २०७८

२२ असोज, काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधानमन्त्री नराख्ने भएपछि अध्यक्ष उपेन्द्र यादव भने सरकारमा नजाने भएका छन् ।

Advertisement
Advertisement

यादव नजाने भएसँगै जसपाका नेताहरूबीच मन्त्रिमण्डलमा पठाउने मन्त्रीहरूको नाममा अनौपचारिक सहमति भएको जसपाका एक नेताले बताए। जसपाले पाउने चार मन्त्रालयमा राजेन्द्र श्रेष्ठ, रामसहायप्रसाद यादव, रेणु यादव र प्रमोद साहको टुंगो लागेको ति नेताले जानकारी दिए ।

मन्त्रीहरूको नाम टुंगो लगाएर जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई आजै गृहजिल्ला गोरखा गएका छन् । ‘मन्त्रीहरूको नाम टुंगो लगाएर भट्टराई आजै गोरखा गइसक्नुभएको छ’ ती नेताले भने, ‘उनीहरूले पाउने मन्त्रालयको भने टुंगो लागेको छैन ।’

Advertisement

जसपा कार्यकारिणी समितिको बैठकले मन्त्रीको अन्तिम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई दिएको थियो । प्रधानमन्त्री देउवाले आजै ११ बजे मन्त्रिपरिषद् विस्तार गर्ने र ४ बजे शपथ गराउने तयारी गरेका छन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top