आज मन्त्रिपरिषद् विस्तार गर्दै लुम्बिनीका मुख्यमन्त्री केसी

२१ असोज ७८, शुक्रबार

२२ असोज, काठमाडौं ।

Advertisement

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले मन्त्री बन्नेको नाम टुंगो लगाएपछि मुख्यमन्त्री केसीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन्।

Advertisement

बिहीबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले मन्त्रीको टुंगो लगाएको हो। माओवादीबाट २ जना मन्त्री र १ जना राज्यमन्त्री सरकारमा सहभागी हुने भएका छन्।

दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम थारु मन्त्रीका रुपमा सरकारमा सहभागी हुने भएका छन्। यस्तै, दाङकै बिमला खत्री ओली राज्यमन्त्री बन्ने भएकी छन्।

Advertisement

नवनियुक्त मन्त्रीहरुले शुक्रबार दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ लिने मुख्यमन्त्री केसी निकट स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top