जुवा खेल्न नमान्दा निर्घात कुटपिट

२१ असोज ७८, शुक्रबार

२२ असोज, बैतडी ।

Advertisement

बैतडीको डिलाशैनीका एक व्यक्तिमाथि निर्घात कुटपिट भएको छ । डिलाशैनी–१ का ५७ वर्षीय अकबर रानामाथि स्थानीय ब्यापारी महाविर धामीले निर्घात कुटपिट गरेका हुन् ।

रातिको समयमा मदिरा सेवन गरेका धामीले जुवा खेल्न नमान्दा रानामाथि कुटपिट गरेको पीडितका छोरा महेश रानाले बताए । रानालाई घरबाट जवरजस्ती आफ्नो पसलमा लगेर कुटपिट गरेको उनले बताए ।

Advertisement

कुटपिटबाट रानाको टाउको, नाक, मुख र आँखामा चोट लागेको छ । घटनाका बारे प्रहरीलाई खबर गरेपछि प्रहरीले दुवै पक्षलाई सिमार प्रहरी चौकीमा बोलाएको छ । अहिले दुवै पक्षबीच छलफल भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top