राष्ट्रपतिलाई भेट्दै प्रधानमन्त्री देउवा

२२ असोज ७८, शुक्रबार
Share this
736shares

२२ असोज, काठमाडौं ।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्ताका लागि प्रधानमन्त्री शेरबहादुर देउवा शीतलनिवास जाने भएका छन्।

राष्ट्रपति भण्डारीसँगको भेटवार्ताका लागि प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार विहान ११ बजे शीतलनिवास जान लागेको बालुवाटार स्रोतले जानकारी दियो।

Advertisement

प्रधानमन्त्री देउवाले आज मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन्। त्यसबारे राष्ट्रपतिसँग छलफलका लागि उनी शीतलनिवास जान लागेका हुन्।

प्रधानमन्त्री देउवा निकट स्रोतका अनुसार शुक्रबार अपराह्न ४ बजे नवनियुक्त मन्त्रीहरुलाई शपथ गराइनेछ।

Advertisement

शीर्ष नेताहरुबीच बिहीबारको सहमतिअनुसार नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ९ मन्त्री र २ राज्यमन्त्री पाउने भएको छ। यस्तै, माओवादी केन्द्रले ५ मन्त्री तथा १ राज्यमन्त्री, एकीकृत समाजवादीले ४ मन्त्री तथा जनता समाजवादी पार्टीले ४ मन्त्री पाउने भएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top