अफगानिस्तानको मस्जिदमा शक्तिशाली बम विस्फोट: ५० मारिए, दर्जनौँ घाइते

२२ असाेज, एजेन्सी ।

Advertisement

अफगानिस्तानको कुन्दुज सहरस्थित एक मस्जिदमा बम आक्रमण हुँदा कम्तीमा ५० जना मारिएका छन् । साे घटनामा अरु दर्जनौँ घाइते भएका छन् ।

शुक्रबार प्रार्थनाको क्रममा सएद अबाद नामको सिया मस्जिदमा बम हमला भएको हो । यद्यपी मृतक र घाइतेको यकिन संख्याबारे विभिन्न सञ्चारमाध्यमले फरक-फरक समाचार दिएका छन् ।

Advertisement

सिएनएनका अनुसार ९० जना घाइते भएका छन् । घटनाबारे पूर्ण विवरण नआइसकेकोले  मृतकको संख्या बढ्नसक्ने बताइएको छ ।

Advertisement

घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको तालिबान अधिकारीले जनाएका छन् । विस्फोटको अहिलेसम्म कुनै समूहले जिम्मा लिएको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top