२३ असोज, काठमाडौं ।
चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) को उपाधि चितवन टाइगर्सले ४ विकेटले जितेको छ ।
शनिबार काठमाडौंको टियू क्रिकेट मैदानमा भएको फाइनल खेलमा पोखरा राइनोजले दिएको ११२ रनको लक्ष्य १५.५ ओभरमा ६ विकेटमा क्षतिमा भेट्टायो । चितवनको जीतमा भीम सार्कीले ६३ रनको योगदान गरे ।
ईपीएलको विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।


