रसुवाका गाउँ गाउँमा संयुक्त सुरक्षा गस्ती

२३ असोज ७८, आइतबार

२४ असोज, रसुवा ।

चाडपर्वका समयमा हुनसक्ने घटनाप्रति सजक रहँदै जिल्लाका गाउँ बस्तीमा संयुक्त सुरक्षा गस्ती परिचालन गरिएको छ।

प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार बडादशैंको पर्व मान्न जिल्ला प्रवेश गर्नेको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको र हिमाली दृश्यावलोकनका लागि आन्तरिक पर्यटकसमेत आउनेक्रम बढ्दै गएकाले पूर्वसावधानी अपनाउँदै सुरक्षा व्यवस्था मजबुत पारिएको हो।

Advertisement

गाउँ क्षेत्रको गस्तीका लागि नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी बलसमेत संयुक्तरूपमा परिचालन गरिएको छ। करिब ४४ हजार जनसङ्ख्या रहेको जिल्लामा नियमित सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयले गाउँ तथा राजमार्गसमेतका १४ स्थानमा सुरक्षा युनिट राखेको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए।

दक्षिणी भेगको पारच्याङ, कालिकास्थान, बेत्रावती, डाँडागाउँ, हाकु, मैलुङ, ग्राङ, उत्तरी भेकको धुञ्चे, स्याफ्रुबेँसी, थाम्बुचेत, थुमन, टिमुरे, रसुवागढी तथा लाङ्टाङ क्षेत्रमा प्रहरी इकाइ छन्।

कोभिड–१९ को प्रभाव कम भएसँगै पर्यटकीय क्षेत्र लाङ्टाङ एवं भगवान शङ्कर विराजमान रहनुभएको पवित्र तीर्थ गोसाइँकुण्ड जाने भक्तजन तथा आन्तरिक पर्यटकसमेत ओहरदोहर हुन थालेकाले स्याफ्रुबेँसीमा तैनाथ पर्यटन प्रहरीले आफ्ना नियमित गस्ती सुरू गरेका छन्।

चाडपर्वका अवसरमा जिल्लास्थित सरकारी तथा गैर सरकारी स्वामित्वमा रहेका कार्यालयका भौतिक सम्पत्तिको सुरक्षाका लागि पाले पहराको व्यवस्था मिलाइ बिदाका समयमा बाह्य व्यक्तिलाई कार्यालयको हातामा प्रवेश निषेध गराउने व्यवस्था मिलाउन सरोकारवाला निकायलाई प्रहरीले अनुरोध गरेको छ। (रासस)

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top