किसानले पाएनन् उखुको भुक्तानी

२४ असोज, काठमाडौं ।

Advertisement

उखु किसानहरूले अहिलेसम्म पनि भुक्तानी पाएका छैनन् । २०७१ सालदेखिकै करिब १३ करोड रुपैयाँ उद्योगीले अझै पनि किसानलाई दिएका छैनन् ।

बक्यौता रकम तुरुन्तै नदिए दसैंपछि आन्दोलन चर्काउने उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले बताए। ‘हिन्दुको दसैं जस्तो ठूलो चाडपर्वमा पनि किसानलाई भुक्तानी दिइएको छैन,’ उनले भने।

Advertisement

अन्नपूर्ण चिनी मिल सर्लाहीले किसानको ६ करोड तिर्न बाँकी छ। श्रीराम सुगर मिल रौतहटले तीन करोड भुक्तानी अझै गरेको छैन। इन्द्र सुगर मिल नवलपरासी र लुम्बिनी चिनी मिलले किसानको दुईरदुई करोड दिएका छैनन्।

गत वर्ष किसानलाई ९० करोड भुक्तानी दिन बाँकी थियो। समस्या समाधानका लागि सरकारले उद्योग, कृषि र अर्थ मन्त्रालय सम्मिलित एक कार्यदल बनाएको थियो।

Advertisement

९० करोडमध्ये २५ करोड विवादित भनिएको थियो। ६५ करोड भुक्तानी गर्न उद्योगी सहमत भएका पनि थिए। तर, कैयौं पटकको आन्दोलनपश्चात् उनीहरूले हालसम्म ५२ करोड मात्रै तिरेका छन्।

किसानले २५ करोड पाउनेरनपाउने अझै अन्योल छ। ‘उखु किसानले आन्दोलन गर्छन्। सरकारले सुने जस्तो गर्छ। उद्योगीले चारो फालेझैं किसानलाई भुक्तानी दिए जस्तो गर्छ,’ सर्लाहीको सिसौटियाका ६५ वर्षीय उखु किसान रामविलास महतो भन्छन् ।

महतो बक्यौता उठाउन बस चढेर काठमाडौं आएको धेरै पटक भयो। किसानले नगदमा उब्जाएको उखु उधारोमा बेच्न बाध्य छन्।

ऋण काढेर वर्ष दिन लगाएर उब्जाएको उखु क्रसिङ गरेर उद्योगी ७२ घण्टामा चिनी बनाउँछन्। बिक्री गरेर मालामाल बन्छन्। तर उखु उब्जाउने किसानले पाँच वर्षसम्म भुक्तानी पाउँदैनन्।

पाँच वर्षयता उखुको बक्यौता रकम नपाउने किसानको संख्या सर्लाहीमा मात्रै १० हजार छ। ‘सरकार उद्योगीसँग मिलेर हाम्रो पसिनाको कमाइ छिपाउँछन्,’ रामविलासले भने।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top