×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नाकामा तालिमप्राप्त कुकुर परिचालन

२४ आश्विन २०७८

२४ असोज, बाँके ।

नेपालीको महान् पर्व दशैँ–तिहार पर्वमा हुनसक्ने अवाञ्छित गतिविधि रोक्न नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहानाकामा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ ।

Advertisement
Advertisement

शनिबारदेखि तालिमप्राप्त कुकुरसहितको सुरक्षा जाँच सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

उनका अनुसार दशैँ, तिहारलक्षित विशेष सुरक्षा योजनाअन्तर्गत नेपाल–भारतसँग जोडिएको सो नाकामा तालिमप्राप्त कुकुरको सहयोगमा नेपाल भित्रिने यात्रुलाई जाँच गर्ने गरिएको छ ।

भारतबाट नेपाल प्रवेश गर्ने तथा नेपालबाट बाहिरिने यात्रु र सवारी साधनको जाँच गरिएको हो । कर्णाली प्रदेश प्रहरी केनाइन शाखाको डग हेन्डलरसहित सुरक्षाकर्मी सीमानाकामा खटिएका छन् ।

नेपाल प्रहरीका दुईवटा कुकुर लब्ली र ब्यूटीले भारतबाट नेपाल आएका मानिस तथा सवारीसाधनलाई जाँच गरेको थियो । लब्लीले विष्फोटक पदार्थ र हातहतियार तथा ब्यूटीले लागुऔषधसम्बन्धी जाँच गरेको थियो ।

सीमावर्ती भारतीय सहर रुपैडिहाबाट अवैधरूपमा लागुऔषध आयात हुने गर्दछ । नाकामा खटिएको प्रहरीले विशेष सुराकी र शङ्काका आधारमा जाँच गर्दा बेला–बेलामा लागुऔषध बरामद हुने गरेको छ ।

तालिमप्राप्त कुकुर परिचालनपछि सीमा क्षेत्रबाट हुने अवैध लागुऔषधको कारोबार तथा आपराधिक कार्य रोक्नमा ठूलो सहयोग हुने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।

Advertisement

नेपालगञ्ज नाकामा यतिबेला दशैँ मान्न आउनेको भीडभाड छ । उक्त नाका खुलेसँगै सीमावर्ती भारतीय सहर रुपैडिहामा किनमेलका लागि जाने नेपाली उपभोक्ताको पनि भीडभाड बढेको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top