थुनुवाको मुत्यु प्रकरण : इनरुवामा तनाव

थुनुवाको मुत्यु प्रकरण : इनरुवामा तनाव

२४ असोज, काठमाडौं ।

प्रहरी हिरासतभित्रै थुनुवाको मृत्यु भएपछि आइतबार बिहानैदेखि इनरुवा तनावग्रस्त बनेको छ ।

१२ दिनदेखि थुनामा रहेका २२ वर्षीय मोहम्मत हाकिम मियाँको आइतबार बिहान ३ बजेर १७ मिनेटमा जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा झुण्डिएर मृत्यु भएपछि मृतकका आफन्तले कार्यालय अगाडि नारा जुलुस लगाउँदै आन्दोलित भएका हुन् ।

उनी हिरासतबाट छुट्ने दिनमै मृत्यु भएपछि आफन्तले षड्यन्त्र भएको आरोप लगाएका छन् । इनरुवाका स्थानीय बासिन्दा इजरायल मन्सुरीकाअनुसार एकजना खत्वे समुदायकी १९ वर्षीया युवतीसँग प्रेम भएपछि दुवैजना भागेका थिए । तर, प्रहरीले धनकुटाबाट पक्राउ गरेर ल्याएको थियो ।

विवाहका लागि केटीको उमेर नपुगेकाले प्रहरीले अभिभावकलाई जिम्मा लगाएका थिए । मियाँलाई भने प्रहरी र केटीपक्षले अभद्र व्यवहार अन्तर्गत मुद्दा दायर गरेका थिए ।

प्रहरीले मृतकका आफन्तसँग वार्ताको तयारी गरेको छ । वार्तापछि मात्र मियाँको शव उठाएर पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिने छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.