देउवालाई प्रकाशमानले भने- आईजीपी काण्डले के क्षति भयो हेक्का राख्नुस्

२४ असोज, काठमाडौं ।

नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले तोकिएको समयमा १४औं महाधिवेशन सम्पन्न गरेर तत्कालै चुनावमा जानुपर्ने बताएका छन् ।

विगतका कमीकमजोरीबाट पाठ सिकेर सरकार अघि बढ्न नचाहेको, संसद प्रभावकारी बनेर चल्न् नसकेकाले संसदीय मूल्य मान्यता अनुरुप संसदले काम गर्न नपाए फ्रेस इलेक्सनमा जानुपर्ने उनको भनाई छ ।

Advertisement

कांग्रेस काठमाडौं महानगरपालिका –२२ नम्बर वडाद्वारा आयोजित कार्यक्रममा बोल्दै सिंहले भने, ’झन्डै दुईतिहाई जनमत पाएको सरकार किन बाहिरनु प¥यो? विधि नमाने, कानुनभन्दा माथि बसे, मैले जे गरे पनि हुन्छ भनेकाले बाहिरियो ।’

ओली सरकार असफल किन भयो भन्ने नबुझेर फेरि म अब जे पनि गर्न सक्छु भनेर लोकतन्त्रको मूल्य मान्यताविपरीत संविधानको गलत ब्याख्या गरेर न्यायपालिका सरकार गठनमा जोडिएको कुरा लोकत्नत्रका लागि गम्भीर चुनौती भएको बताए ।

Advertisement

उनले गत चुनाव अगाडि आईजीपी प्रकरण र प्रधानन्यायाधीशमाथि महाअभियोगले जनतामा कस्तो प्रभाव पा¥यो भन्ने कुरा नबिर्सिनसमेत अपिल गरे । देउवा सरकारले यतिका दिन लगाएर पूर्णता पाएपछि उठेका गम्भीर प्रश्नलाई ख्याल ख्याल सोच्न नहुनेसमेत बताए ।

पार्टीभित्रका केही मान्छेहरुका गलत कार्यको सिङ्गो पार्टीले मूल्य चुकाउनुपर्ने भन्दै पदमा बस्नेले जे मन लाग्यो गर्ने अनि जनतामा आफूहरुले जवाफ दिँदै ढाकछोप गर्नुपर्ने अनि आफ्नै नेतालाई खुलाउने काम ग¥यो भन्न मिल्छ भन्दै असन्तुष्टि पोखे ।

पार्टीभित्रको एउटा समूह सुरुदेखिनै आफूविरुद्ध गलत भ्रम फैलाउन लागेको भन्दै गणेशमान र मंगलादेबीको छोरा भएर विरासतको राजनीति ग¥यो भन्ने आरोपको पनि कडा प्रतिवाद गरे ।

आफू बाबुआमाको नामबाट राजनीति नगरेको भन्दै सामान्य कार्यकर्ताले जस्तै विद्यार्थी जीवनबाटै राजनीतिक कार्यकता बनेर दुःख कष्ट संघर्ष गर्दै जेलनेल भोगेर अगाडि बडेको बताए । आफू जागिर खाएर व्यापार ब्यवसायमा लागेर अनि रिटायर्ड लाइफ राजनीति गर्न आएको हैन भन्ने कुरा ख्याल गर्नसमेत आग्रह गरे ।

नेता सिंहले अवसर पाएर काम गर्न नसक्नेहरुको गुनगान गाएर आफ्नो स्वार्थ पूरा गर्ने जमातका कारण पार्टी र लोकतन्त्र कमजोर बनेको भन्दै गलत कुरालाई आफूले सही भन्न नसकने बताए ।

कांग्रेसको कमजोरीका कारण कम्युनिस्ट सत्तामा पुगेर लोकतन्त्र नै समाप्तिको बाटोमा लागेकाले अब लोकतन्त्र बचाउन कांग्रेस बलियो हुनुपर्ने भन्दै बलियो कांग्रेसका लागि नेतृत्व परिवर्तन अपरिहार्य रहेको बताए ।

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top