कुपण्डोलमा भण्डारण गरिएको २० लाखको पटाकासहित एक पक्राउ

कुपण्डोलमा भण्डारण गरिएको २० लाखको पटाकासहित एक पक्राउ

२४ असोज, काठमाडौं ।

महानगरीय प्रहरी अपराध महाशाखाले २० लाख मूल्य बराबरको पटाकासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा गढिमाई–३ गञ्जभवानीपुर घर भई कुपण्डोल गुसिंगल बस्ने ३० वर्षीय उमेशकुमार जैसवाल रहेका छन् ।

गैरकानुनी रुपमा पटका, भुईचम्पा लगायतका आतिसबाजीजन्य विष्फोटक पदार्थहरु विक्री वितरण गर्न भण्डारण भइरहेको सुराकीका आधारमा महाशाखाको प्रहरी टोलीले शनिबार ललितपुर–१ कुपण्डोलस्थित गुसिंगलमा छापा मार्दा टहरा भाडामा लिई भण्डारण गरिएको अवस्थामा १४९४ केजी आतिसबाजीजन्य विष्फोटक पदार्थ फेला पारेको हो ।

बरामद गरिएको पटाका करिब २० लाख मूल्यको रहेको महाशाखाले जनाएको छ । पक्राउ परेका जैसवाललाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थसम्बन्धी कसुरअन्तर्गतको मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.