×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

वर्षा रोकिएसँगै खाल्डाखुल्डी टाल्ने काम तीव्र गतिमा

२४ आश्विन २०७८

२४ असोज, काठमाडौं ।

दसैँ नजिकिँदै गर्दा सडक विभागले देशभरका सडकमा रहेका खाल्डा टाल्ने कामलाई तीव्रता दिएको छ।

Advertisement
Advertisement

दसैँ नजिकिएको र पानी पर्न रोकिएकाले विभागले दुई दिनयता खाल्डा टाल्न थालेको हो। अबको केही दिनभित्रै प्रमुख राजमार्गमा खाल्डा पूरै हटाइने गरी काम भइरहेको विभागले जनाएको छ।

खाल्डाको समस्या भएका सडकमा टाल्ने काम सुरु भइसकेको र केही ठाउँमा एक दुई दिनमै काम हुने विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताए। उनले भने, ‘अहिले मुग्लिन आसपासका क्षेत्रमा खाल्डा देखिए पनि छिट्टै हट्नेछ।’

साना खाल्डा भएका ठाउँमा सम्बन्धित डिभिजन कार्यालयका कर्मचारीले नै खाल्डा टालिरहेको र बढी समस्या भएका ठाउँमा मात्रै ठेक्कामार्फत गर्नुपर्ने उपमहानिर्देशक अधिकारीले बताए। उनका अनुसार निर्माणाधीन सडकमा समस्या हुँदा त्यसको समाधान निर्माण कम्पनी आफैँले गर्दछन्।

कालोपत्र सडकमा पानीले असर पु¥याउने हुँदा वर्षाको समयमा सडकमा खाल्डाखाल्डीको समस्या बढी पाइन्छ । वर्षभर अरु महिनामा खाल्डा पर्नासाथ मर्मतको काम भए पनि वर्षा बढी हुने महिनामा त्यो हुन सक्दैन ।

गत वर्षमा भदौदेखि नै वर्षा कम हुने भएकाले त्यतिबेला नै मर्मत सुरु हुने गरेको थियो। यो वर्ष वर्षा भर्खरै मात्रै रोकिन थालेकाले मर्मतको काम ढिला सुरु भएको प्रमुख अधिकारीले बताए।

उनले भने, ‘यसअघि हामीले अति समस्या भएका केही ठाउँमा मात्रै मर्मत गरिएकोमा अहिले सबै ठाउँमा एकै पटक काम सुरु भएको छ ।’ विभिन्न जिल्लामा रहको डिजिभन सडक कार्यालयको मुख्य काम नै आफ्नो क्षत्रेमा रहेका सडकमर्मत गरेर राम्रो अवस्थामा राख्नु हो।

सम्बन्धित डिभिजन कार्यालयले आफूसँग भएको जनशक्ति र उपकरणमार्फत खाल्डाखाल्डी टाल्दै आएका छन् । सडक विभागले सङ्घीय सडक र पुलमा निर्माण र मर्मत गर्दे आएको छ।

Advertisement

दसैँमा धेरै नागरिक काठमाडौंलगायत सहरी क्षेत्रबाट घर जाने हुँदा सडकमा चाप बढ्ने गर्छ। यो समयमा सडकको अवस्थाका बारेमा सबैले बढी चासो दिने गरेका छन्। सडक विभागले सडकको अवस्थाका बारेमा स्थलगत अनुगमन गरिरहेको छ। प्रमुख राष्ट्रिय राजमार्गमा पुग्दा समस्या नपाइएको प्रमुख अधिकारीले बताए

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top