बुटवलको मोतिपुर क्षेत्रमा कर्फ्यू आदेश जारी

Share this
684shares

२४ असोज, बुटवल ।

Advertisement

बुटवलको मोतिपुर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले एक सूचना जारी गर्दै आइतबार ४ बजेदेखि मोतीपुर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको जनाएका छन्।

बुटवल उपमहानगरपालिकाको वडानम्बर १७ र १८ मा निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्र (करिडोर)को अतिक्रमण हटाउने क्रममा झडप भएपछि आइतबार सशस्त्र प्रहरीले गोली चलाएको थियो।

Advertisement

सशस्त्र प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएपछि स्थिति झन् तनावग्रस्त हुने देखिएपछि स्थानीय प्रशासनले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।

पूर्वमा तिनाउ नदी(बुटवल–१७ शिवनगरदेखि १८ सौंरहिया पुलसम्म), पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भाग (धन्दापुर सौंरहिया)सम्म लागू हुने गरी कर्फ्यु जारी गरिएको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top