प्रहरीको २७ बुँदे सर्कुलर- खराब व्यक्तिको निगरानीदेखि आफ्नै आचरण सुधार्नेसम्म

२३ असोज ७८, आइतबार

२४ असोज, इलाम ।

चाडपर्वको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर जिल्ला प्रहरी कार्यालय इलामले मातहतको निकायलाई पर्व लक्षित सुरक्षासम्बन्धी २७ बुँदे सर्कुलर जारी गरेको छ ।

चाडपर्वको बेला हुने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न चाडपर्व लक्षित विशेषसुरक्षा योजना अन्तर्गत २७ बुँदे सर्कुलर जारी गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक (एसपी) महेन्द्र श्रेष्ठले बताए ।

Advertisement

प्रहरीको २७ बुँदे सर्कुलरमा खराब आचरण भएका व्यक्तिको निगरानी गर्नेदेखि प्रहरीकै आचरण सुधार्नेसम्मका योजना छन् । पर्वलक्षित सुरक्षा सर्कुलरमा गस्ती बढाउने, आर्थिक कारोबार हुने वित्तीय संस्थामा निगरानी बढाउने, सुरक्षा जोखिम भएका क्षेत्रमा निगरानी बढाउने, ट्राफिक ब्यवस्थापनलाई चुस्त बनाउने, जुवा तास खेल्न र खेलाउन नदिने, जनशक्ति व्यवस्थापनको लागि प्रहरी कर्मचारीलाई विदा बस्नको लागि निरुत्साहित गर्ने, प्रहरी कर्मचारीले आचरण सुधार गर्ने लगायतका उल्लेख छन् ।

चाडबाडको बेला हुने सम्भावित आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्नको लागि बजार क्षेत्रमा रहेका सिसिटिभी मर्मत गरिएको छ ।

Advertisement

‘बजार क्षेत्रको निगरानीको लागि राखिएको आधाजति सिसिटिभी क्यामेरा बिग्रिएका थिए’, प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘अहिले सबै क्यामेरा मर्मत भएको छ । अहिले एक सय २२ वटा क्यामेराबाट बजारको निगरानी हुन्छ ।’

प्रहरीले विभिन्न १७ स्थानमा सिसिटिभी क्यामेरा थप्ने प्रहरीको योजना छ । बैंक तथा वित्तीय क्षेत्रमा हुने जोखिम न्यूनीकरणको लागि १३ वटा प्रहरी टोली परिचालन भइरहेको छ ।

प्रहरीले बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र र नगरप्रहरीलाई सुरक्षासम्बन्धी अनुशिक्षण गरेको छ । त्यस्तै राजमार्गमा चेकजाँचलाई कडाइ गरेको छ ।

राजमार्गका १० ठाउँमा मापसे जाँच गर्ने गरेको र आठ ठाउँमा ट्राफिक प्रहरी र नेपाल प्रहरीको संयुक्त जाँच, सीमा नाकाको सात ठाउँमा नियमित रूपमा चेकजाँचको लागि प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

प्रहरीले चाडबाडको बेला यात्रुहरूलाई पर्ने समस्या समाधानको लागि जिल्लाको तीन ठाउँमा यात्रु साहयता कक्ष स्थापना गरेको छ ।

इलाम बजार, सूर्योदयको फिक्कल बजार र देउमाईको मंगलबारे बजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । यात्रुबाट बढी भाडा असुल्न नदिन सबै सवारी साधनमा भाडादर अनिवार्य गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top