रथयात्राको तयारी तिव्र

विराटनगर, साउन १३
विराटनगरको प्रसिद्ध रथयात्राको तयारी अघि बढाइएको छ । श्री राधाकृष्ण रथयात्रा समारोह समितिको विराटनगरमा भएको छलफलका क्रममा रथयात्राका लागि तयारी थालिएको जानकारी दिइएको हो । समितिले रथयात्रालाई सफल बनाउन बाबुराजा ओझाको अध्यक्षतामा विभिन्न १९ वटा उपसमिति बनाइएको छ ।

विराटनगरमा बर्षेनी श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट भव्य रूपमा रथयात्रा हुने गर्छ । लाखौं भक्तजन सहभागी हुने रथयात्राले विराटनगर बजार परिक्रमा गर्ने गर्छ । यसपटकको रथयात्रा भदौ १८ गते सोमवारका दिन हुने भएको छ ।

राधाकृष्ण मन्दिरको स्थापना भएको वि .स .१९८८ देखि विराटनगरमा विधिवतरूपमा रथयात्रा सुरुआत भएको जानकार दधिराज सुवेदी बताउँछन् । यो धार्मिक अनुुष्ठानलाई २०२५ सालदेखि विशेष र भव्य बनाउन थालिएको हो ।

विराटनगर महानगरका मेयर भीम पराजुलीले रथयात्रालाई भव्य बनाउन विराटनगर महानगर आबश्यक सहयोग गर्न तयार रहेको बताए । छलफलमा प्रहरी बरिष्ठ उपरिक्षक इश्वर बावु कार्की,जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरिक्षक मनोज कुमार केशी ,प्रहरी उपरिक्षक आभुषण तिम्सिना ,पूर्व प्रशासक रामप्रसाद खतिवडा ,समाजसेवी शिबदत्त भट्टराई,पं भबानी शंकर निरौला,जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवकुमार पोखरेल लगायतको सहभागिता रहेको थियो ।

रथयात्रालाई सफल बनाउन विभिन्न क्षेत्रवाट सहयोगको अपेक्षा गरिएको आयोजकले जनाएको छ । यो रथ यात्रामा वर्षेनि नेपाल तथा विभिन्न छिमेकी मुलुकबाट सहभागीता जनाउन लाखौँ भक्त जनहरु आउने गरेका छन् । रथ यात्राका दिन रथको डोरी तान्न वा छुन मात्र पाउँदा मनोकांक्षा पुरा हुने जनविश्वास छ ।

रथ याता तिनपैनि स्थित राधाकृष्ण मन्दिरबाट निस्किएर गोल्छा चोक, जलजला मोड, ट्राफिक चोक, महेन्द्र चौक, विजुली अफिस, मुनालपथ र बरगाछी हुँदै मन्दिरमा पुगेर समापन हुने गरेको छ ।

गत वर्ष साउन अन्तिम साता आएको बाढीका कारण सडक विग्रिएको हुनाले मन्दिरबाट निस्किएर गोल्छा चोक, जलजला मोड, ट्राफिक चोक, महेन्द्र चौक सम्म मात्र आईपुगर सोही रुटबाट फर्किएको थियो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top