बुटवलको मोतीपुरमा कर्फ्यु कायमै, सुरक्षा समन्वय समितिको बैठक बस्दै

२५ असोज, काठमाडौं ।

बुटवलको मोतीपुरमा अहिले पनि कर्फ्यु लागेको छ ।

झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर चार जनाको ज्यान गएपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले हिजो दिउँसो चार बजेदेखि मोतीपुरमा कर्फ्यु लगाएको हो । त्यहाँको अवस्था सामान्यतर्फ फर्किनसकेकाले अब के गर्ने भन्नेबारे छलफल गर्न आज सुरक्षा समन्वय समितिको बैठक बस्दैछ ।

हिजो मोतीपुर औद्योगिक क्षेत्रको सुकुम्बासी बस्ती भत्काउने क्रममा झडप भए पछि गोली चलाएको प्रहरीले जनाएको छ । झडपमा गोली लागेर ज्यान गुमाएका चार जनामध्ये कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नम्बर १० का ४८ वर्षका रमेश परियारको मात्र पहिचान खुलेको छ ।

झडपमा पाँच जना प्रहरीसहित ९ जना घाइते भएका छन् । घाइतेहरुको उपचार भइरहेको छ । यस्तै, ज्यान गुमाएका चारै जनाको शव भैरहवा मेडिकल कलेजमा राखिएको छ । अतिक्रमित बस्ती हटाउन प्रशासनले बल प्रयोग गर्न खोज्दा स्थानीय बासिन्दा प्रहरीमाथि जाइलागेका थिए ।

प्रहरी र सुकुम्बासीका नाममा जग्गा कब्जा गर्ने समूहबीचको झडप हुँदा प्रहरीले गोली चलाएको थियो ।

 

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top