व्यास एकीकृत मादी नदी उपत्यका विकास परियोजनाः २६ अर्ब लागतमा २६ वटा योजना

२४ असोज ७८, सोमबार

२५ असोज, दमौली ।

तनहुँको व्यास नगरपालिकाको महत्वाकाङ्क्षी परियोजनाको रुपमा रहेको व्यास एकीकृत मादी नदी उपत्यका परियोजना अगाडि बढ्ने भएको छ । मादी नदीको १८ किलोमिटर क्षेत्रलाई केन्द्रमा राखेर विभिन्न योजना अगाडि बढाउने तयारी थालिएको हो ।

नगरपालिकाले परियोजनाको गुरुयोजनाको अन्तिम मस्यौदा सार्वजनिक गरेको छ । आइतबार आयोजना गरिएको कार्यक्रमबाट मस्यौदा माथि सुझाव सङ्कलन गरिएको छ ।

गुरुयोजनाअनुसार १५ वर्षे उक्त एकीकृत योजना अन्तर्गत २६ वटा परियोजना समेट्ने तयारी गरिएको छ । जसको लागत रु २६ अर्ब रहने बताइएको छ ।

गुरुयोजनाको अन्तिम मस्यौदा प्रस्तुत गर्दै इन्जिनियर कुमार धमलाले व्यास सरोवर, बोटानिकल गार्डेन, औद्योगिक क्षेत्र, जनजातिको समुदाय, भानु एजुकेशन सेन्टर, व्यास स्र्पोट सेन्टर, मादी नदी बोटिङ प्रोजेक्ट, हाउजिङ प्रोजेक्ट, ठोस फोहोरमैला व्यवस्थापन योजनालगायतका २६ वटा योजना समेटिने जानकारी दिए ।

प्रत्येक योजनाको छुट्टाछुट्टै बजेट र सम्पन्न हुने समय प्रस्तुत गर्दै उनले १५ वर्षसम्म हरेक योजनालाई महत्वको हिसाबले प्र्राथमिकता निर्धारण गरिने र सोहीअनुसार निर्माण कार्य पनि अगाडि बढाइने जानकारी दिए ।

जलस्रोतविद् अर्जुन गौतम, वातावरणविद् राजीव पोख्रेल, वरिष्ठ सहरी योजनाविद् उनाममान प्रधान, पूर्वाधार र एवं विपद्विद देवकुमार महर्जनले प्रस्तुत भएको मस्यौदा माथि सुझाव राखेका थिए ।

योजनाको दिगोपन, हाइड्रोलजिकल पक्षअन्तर्गत पानीको स्रोत र बहाव तथा सो क्षेत्रमा हुने वर्षाको प्रकृतिलाई विशेष ध्यान दिन विज्ञले सुझाव दिएका थिए । त्यस्तै पूर्वाधार निर्माण गर्दा वातावरणीय प्रभाव, बाढी पहिरोको प्रकोप, स्थानीय जीवनस्तरमा पर्ने प्रभावको गहिरो अध्ययन र विश्लेषण गरेर मात्र अघि बढ्न विज्ञहरुले सुझाव व्यक्त गरे ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदिशचन्द्र पोख्रेलले परियोजना सञ्चालनको आधार बलियो हुनुपर्नेमा जोड दिए । प्राविधिक विषयको गहिरो अध्ययन गरेर मात्र अघि बढ्न उनले सुझाव दिए ।

सांसद कलिला खानले सबै क्षेत्रसँग समन्वय र सहकार्य गरे परियोजना सफल हुने विश्वास व्यक्त गरिन् । यो परियोजना तनहुँको समृद्धिको आधारशीला भएकाले यसलाई सफल बनाउने जिम्मेवारी सबैको हुने उनले बताइन् ।

सांसद प्रकाश पन्थले परियोजना बहुआयामिक र एकीकृत योजना भएकाले विशेष महत्व राख्ने बताउँदै परियोजना सम्पन्न हुने अवधि लामो भएकाले समयसँगै परिवर्तन हुने पक्षहरुको बारेमा समेत चनाखो भई लागत इष्टिमेट गर्न सुझाव दिए ।

मस्यौदा माथि जनप्रतिनिधि, राजनीतिज्ञ, व्यवसायी र अन्य सरोकारवालाले मादी नदीसँगैका जमिन अधिग्रहण, मादीको बहाव नियन्त्रण, सामाजिक तथा आर्थिक पक्ष, वातावरणीय पक्ष, निजी जग्गा मुआब्जा, पर्यटन विकासका पूर्वाधार, पर्यटनका सम्भावना र चुनौतीबारे आआफनो धारणा व्यक्त गरेका थिए ।

साथै लगानीको मोडल, जग्गा व्यवस्थापन, सहरी विकास योजना, जलविद्युत् उत्पादन क्षमता, निजी क्षेत्रसँग समन्वय र सहकार्य, लगानी सुरक्षित हुने आधार, स्थानीय बासिन्दाले लिनसक्ने फाइदा, फोहोरमैला व्यवस्थापन, सम्भावित लगानीकर्ताको सूची निर्माण, व्यास पराशर, मानहुँकोटलाई कसरी जोडने, नेतृत्वकर्ताको स्पष्ट भिजन र प्रतिबद्धता हुनुपर्नेलगायतका सुझाव राखेका थिए ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले व्यासको बृहत्तर र एकीकृत विकास कसरी गर्ने भन्ने सम्बन्धमा विज्ञसँग पटकपटक छलफल गर्दा व्यास एकीकृत मादी नदी उपत्यका विकास परियोजनाको अवधारण आएको जानकारी दिए ।

स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गर्दै त्यसमा केही कृतिमता प्रदान गरी त्यसबाट पर्यटन र व्यापार व्यवसायको राम्रो लाभ लिन सक्ने भएपछि परियोजना अगाडि बढाउने तयारी गरिएको न्यौपानेले बताए । यस परियोजनाका लागि विदेशी लगानीकर्ता पनि उत्साहित देखिएको बताउँदै उहाँले विज्ञ टोलीसँग छलफल गरेर अगाडि बढ्ने बताए ।

भर्खरको समाचार

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

सम्बन्धित समाचार

Scroll to Top