×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

दशैंका लागि उपत्यका छाड्नेको संख्या बढ्यो

२५ आश्विन २०७८

२५ असोज, काठमाडौं ।

दशैं शुरू भएसँगै उपत्यका छाड्ने यात्रुको संख्या बढ्न थालेको छ । यही असोज १ देखि ७ गतेसम्म भित्रिने र बाहिरिने यात्रु बराबर थिए । अहिले भने बाहिरिने यात्रु बढिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ ।

Advertisement
Advertisement

काठमाडौं भित्रिने र बाहिरिने यात्रुको संख्या विश्लेषण गर्दा अहिलेसम्म औपचारिक रूपमा १ लाखभन्दा बढी यात्रु काठमाडौंबाट बाहिरिएका छन् । प्रहरीको अभिलेखमा रहेका बाहेक समेत धेरै यात्रु बाहिरिएका छन् ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले विस्तारै यात्रु बाहिरिने क्रम बढिरहेको र दशैं बिदा शुरू भएपछि भने यो संख्या अझै बढ्ने बताए ।

‘अहिलेसम्म सामान्य रूपमा बढिरहेको छ, अब थप बढ्छ,’ उनले भने, ‘यात्रुको सहजताका लागि हामीले चुस्त ट्राफिक व्यवस्थापन मिलाएका छौं, बाहिरिने यात्रुका सहज व्यवस्थापनका लागि रातदिन नभनी प्रहरी खटाइएको छ ।’

असोज १ देखि २२ सम्ममा १ लाख ४२ हजार २२७ सवारीसाधनमा ७ लाख ७६ हजार ३७१ यात्रु भित्रिएको तथ्यांक छ । सोही अवधिमा १ लाख ४३ हजार ७७३ सवारी साधनमा ८ लाख ७० हजार ४९६ यात्रु बाहिरिएको महाशाखाले बताएको छ ।

यद्यपि रिजर्भ गरेर जाने यात्रुको संख्या यसपालि बढी छ । त्यसरी जानेको संख्या भने प्रहरीको अभिलेखमा रहँदैन । साथी वा आफ्नो परिवार मिलेर साना गाडी रिजर्भ गरेर घर जाने प्रचलन यसपटक बढी देखिएको महाशाखाका प्रहरी निरीक्षक जितेश दाहालले जानकारी दिए ।

यसपटक असोज ११ गतेदेखि गाडीको अग्रिम टिकट विक्री खुला गरिएको थियो । अहिले पनि अनलाइन वा प्रत्यक्ष रूपमा टिकट काट्ने यात्रुको चाप बढी छ । त्यस्ता काउन्टर तथा यात्रुको भिडभाड हुने क्षेत्रमा प्रहरी परिचालन गरिएको महाशाखाले बताएको छ ।

प्रहरीले उपत्यकाका मुख्य चोकमा यात्रु सहायता कक्षा स्थापना गरी सेवा दिइरहेको छ । माइकिङ गरेर यात्रुलाई सचेत गराउने, सुरक्षित यात्राका लागि आग्रह गर्ने गरिरहेको छ । कोभिड–१९ का कारण उपत्यकामा विगतका वर्षमा भन्दा मानिस कम रहेको बताइएको छ ।

चाडबाडका बेला चोरी तथा आपराधिक घटना हुन सक्ने भएकाले त्यसको निगरानीका लागि र शान्तिसुरक्षा कायम गर्न ७७ ओटै जिल्लामा विशेष सुरक्षा योजना बनाएर लागू गरिएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।

Advertisement

प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले सादा पोशाकमा समेत प्रहरी परिचालन गरेर ठगी, कालोबजारी, चोरी आपराधिक क्रियाकलाप नियन्त्रणमा प्रहरी खटाइएको जानकारी दिए । चाडबाडका बेला आफै पनि सावधान हुन र केही समस्या घटना परेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ । रासस

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top